Comments Add Comment

विवाहित हुनुहुन्छ ? यसकारण नगर्नुस् झगडा

dubel

यदि तपाइँ विवाहित हुनुहुन्छ र लामो समयदेखि यौन गतिविधिमा रुची घट्दै गइरहेको छ भने तपाइँ अचम्ममा पर्नुपर्ने आवश्यकता छैन ।

एक नयाँ अध्ययन अनुसार वैवाहिक जीवन सुरु गरेको १२ महिनाभित्र दम्पतिहरुबीच हुने घरेलु झगडा तथा घोचपेचका कारण लोग्ने स्वास्नीमा यौन क्रियाकलापमा कमी आउँछ । पति पत्नीको यौन गतिविधिमा कमी आउनुको कारण बच्चा जन्मिनु नरहेको पनि अध्ययनले निष्कर्ष निकालेको छ ।

जर्मनीको म्युनिखस्थित लुडविग म्याक्समिलियन विश्वविद्यालयका शोधकर्ता क्लाउडिया स्किमिडबर्गका अनुसार यदि दम्पतीले आपसमा संवाद गर्ने तथा एक अर्काको मनको भावना बुझ्ने हो भने पुनः उनीहरुबीचको दरार साम्य हुन्छ र यौन क्रियाकलापमा वृद्धि हुँदै जान्छ ।

शोधका क्रममा विवाहको एक वर्षसम्म यौन सन्तुष्टिमा वृद्धि भएको तर त्यसपछि भने लगातार गिरावट हुँदै जाने गरेको पाइएको शोधकर्ता बताउँछिन् ।

शोधकर्ताले यो अध्ययनका क्रममा २५ देखि ४१ वर्ष उमेरका करीब ३ हजार महिला तथा पुरुषलाई सहभागी गराएका थिए । आर्काइभ्स अफ सेक्सुअल बिहेवियर जर्नलमा छापिएको शोध अनुसार दम्पतीहरुबीच हुने मनमुटाव, झगडा तथा अविश्वास नै यौन सन्तुष्टिको बाधक हो ।

बच्चा हुनु यौन क्रियाकलाप तथा सन्तुष्टिमा कमी आउने कारण होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment