Comments Add Comment

नाकाबन्दी मोदीका लागि सुहाउने कुरा होइन : मदनकृष्ण श्रेष्ठ

madan-krishna
चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि सुहाउने कुरा नभएको बताएका छन् । आज काठमाण्डौमा आयोजना गरिएको चलचित्र ‘परदेशी’को पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले वैशाख १२ गते इन्डियन प्लेट आएर चिनिया प्लेटसँग ठोक्किदा नेपालमा भुकम्प आएको भन्दै अहिले फेरि त्यही इन्डियन प्लेट माथिबाट ठोक्किएर नेपालमा नाकाबन्दी भैरहेको बताए । नेपालमा धेरै राजनीतिज्ञ भएर यस्तो अवस्था आएको उनको भनाई थियो ।

नेपालीको पीडामा नाकाबन्दीले ध्यू थप्ने काम गरेको मदनकृष्णको भनाई थियो । उनले आफूहरुले भारत, भारतीय कलाकारलाई धेरै माया गर्ने गरेको पनि सुनाए । भारतीय कलाकारबाट नै आफूहरुले अभिनय सिकेको उनको भनाई थियो ।

आफू भारत जाँदा धेरै स्वागत पाएको स्मरण गर्दै मदनकृष्णले नेपालमा भन्दा भारतीय डाक्टरले आफ्नो श्रीमतीको उपचार मनदेखि गरेको उनले सुनाए ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा मनदेखि स्वागत  गरेको संझदै मदनकृष्णले उनी जस्तो नेता हुनुपर्छ भनेर आफूले पनि भनेको संझिए । यसैले मोदीका लागि यस्तो व्यवहार नसुहाउने कुरा भएको मदनकृष्णको भनाई थियो । उनले यो समस्या चाडै नै हटेर जाने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment