+
+
Shares

भारतीय डिपोमा २२ गाडी इन्धन भरियो, २९ ट्यांकर नेपाल प्रवेश

१८ असोज, काठमाडौं । सीमा नाकामा भारतले गरेको अवरोधका कारण बाटोमा अलपत्र परेका २९ तेल ट्यांकर सोमबार नेपाल प्रवेश गरेको छ । इण्डियन आयल कर्पोरेसन आईओसीको डीपोबाट २२ ट्यांकरमा इन्धन लोड भएको खबर आएको छ, जुन माग अनुसार नगन्य मात्र हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते १९:४६

Bhairahawa-Naka

  • फाइल फोटो

१८ असोज, काठमाडौं । सीमा नाकामा भारतले गरेको अवरोधका कारण बाटोमा अलपत्र परेका २९ तेल ट्यांकर सोमबार नेपाल प्रवेश गरेको छ । इण्डियन आयल कर्पोरेसन आईओसीको डीपोबाट २२ ट्यांकरमा इन्धन लोड भएको खबर आएको छ, जुन माग अनुसार नगन्य मात्र हो ।

भारतले शनिबार माग अनुसार तेल दिने बताएपनि व्यवहारमा उल्टो देखियो । आईओसीले तोकेका डिपोहरुमा नेपाली ट्यांकरको लाइन छ । तर, १० प्रतिशतमा पनि इन्धन तोड गर्न आनाकानी गरेको छ ।

आयल नियमका अनुसार सोमबार चार डिपोमा गरी २२ गाडीमा इन्धन लोड भएको खबर आएको छ । जसमा नेपालगञ्ज र भैरहवा पारीको डीपोमा ४/४ गाडीमा इन्धन लोड भएको छ भने बरौनीमा ९ र काकडभिट्टामा ५ गाडीमा इन्धन लोड भएको आयल निगमले जनाएको छ ।

दिनभरमा २९ ट्यांकर तेल भित्रियो

यसअघि नै तेल भरेर पनि भन्सार पास नहुँदा भारतीय क्षेत्रमा रोकिएका २९ इन्धन ट्यांकर सोमबार नेपाल भित्रिएका छन् ।

१२ दिनपछि खुलेको बिरानटनगरको रानी भन्सार नाकाबाट ६७ वटा गाडी नेपाल प्रवेश गरेका छन् । जसमा २७ वटा पेट्रोलियम पदार्थ बोकेका छन् । २५ वटा तेतथा २ वटा ग्यास बुलेट आएका छन् ।

दिउँसो ३ बजेपछि भने मधेसी मोर्चाका कार्यकर्ताले नाकामा फेरि अवरोध सिर्जना गरेका छन् । मोर्चाका अवरोधका कारण नेपाल भित्रिने क्रममा रहेको गाडी पनि रोकिएको भन्सार प्रमुख कृष्णप्रसाद बस्नेतले बताए ।

बाँकेको नेपालगञ्ज भन्सार नाकाबाट डिजेल बोकेका दुईवटा ट्यांकर मात्रै नेपाल प्रवेश गरेका छन् । पाँच ट्यांकर डिजेल र ग्याँसका दुई बुलेटको भन्सार पास भएपनि सुरक्षाको कारण देखाउँदै भारतीय प्रहरीले सीमा पारी नै रोकिएका छन् ।

सोमबार आलु बोकेका चार, तोरी बोकेका दुईवटा ट्रकसहित तथा गहुँ, चामल, खसी, सिमेन्ट, मोटरपार्टस् र थ्रेसर मेसिन नेपाल भित्रिएको जमुनाह भन्सारले जनाएको छ ।

भैरहवाको बेलहिया नकाबाट ३७ वटा मालबाहक गाडी नेपाल आएका छन् । बिहान केही गाडी भित्रिएपछि मोर्चाका कार्यकर्ता नाकाबन्दीका लागि पुगेका थिए । प्रहरीले उनीहरुलाई धर्ना बस्न नदिएपछि झडप पनि भएको थियो ।

तनाव मत्थर भएपछि भैरहवा नाकाबाट केही माललबाहक सवारी आएपनि इन्धन बोकेका गाडी आएनन् ।

काकडभिट्टाबाट  आलु र किंकर मात्र आयो 

झापा काँकडभिट्टाको मेची भन्सार नाकाबाट आज अन्य भन्दा तुलनात्मक रुपमा बढी मालबाहक गाडी नेपाल आए । दिनभरमा भारतबाट १ सय २८ वटा गाडी नेपाल भित्रिएका छन् ।

जसमा तेस्रो मुलुकबाट आएका कन्टेनरको संख्या धेरै रहेको मेची भन्सारका प्रवक्ता दिपेन्द्रकुमार झाले बताए । त्यसैगरी आलु र किंकर बोकेका धेरै गाडी मेची भन्सार नाकाबाट प्रवेश गरेका छन् । दिनभरमा एउटा पनि पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भने यो नाकाबाट पनि नेपाल आएनन् ।

सोमबार वीरगञ्ज नाकाका हिजोअस्ति भन्दा फरक दृश्य देखिएन । १२ दिनदेखि बीरगञ्ज र रक्सौलको बीचको मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ता सोमबार पनि उत्तिकै सक्रिय देखिए ।

धर्नाकै बीचमा भारतले वीरगञ्ज नाकामा भन्सार जाँचपास नगर्ने नै भनेकाले त्यहाँबाट गाडी नेपाल प्रवेश गरेका छैनन् । मधेसी मोर्चाका कार्यकर्ता मितेरी पुलमा क्याम्प नै खडा गरेर बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?