Comments Add Comment

तेल बोकेका टयाङ्करसहित ६०० गाडी गन्तव्य तर्फ

१९ असोज, विराटनगर । मोरङका सुरक्षाकर्मीले टयाङ्कर, मालबाहक ट्रक र बसलगायतका करिव ६०० गाडीलाई सुरक्षा घेरामा राखेर गन्तव्यसम्म पुर्याएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

 

विराटनगरस्थित रानी भन्सारमा रहेका ७९ वटा गाडीसहित २९३ वटा गाडीलाई मोरङ जिल्ला कटाएर गन्तव्यसम्म पुर्याउनका लागि सुनसरीको सुरक्षाकर्मीको जिम्मामा दिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर भन्सारका ७९ वटा गाडीमध्येबाट डिजेल बोकेका १४ वटा टयाङ्कर, पेट्रोल बोकेका ११ वटा ट्याङ्कर र दुईवटा ग्यास बुलेटलगायतका मालवाहक गाडी रहेको प्रहरी नायवउपरीक्षक प्रमोद खरेलले बताए । ती गाडी सोमवार विराटनगर भन्सारको परिसरमा प्रवेश गरेको थियो ।

यसका साथै, सुनसरीका सुरक्षाकर्मीले सुरक्षा घेरामा जिल्लाको सीमावर्ती क्षेत्रमा ल्याएका अन्य २९७ वटा बस र मालबाहक गाडीलाई मोरङका प्रहरीले सुरक्षा घेरामा राखेर गन्तव्यसम्म पुर्याएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment