+
+
Shares

मधेसमै मधेसी मोर्चाका नेताहरुको पुत्ला जल्यो

२५ असोज, जनकपुर । मधेस आन्दोलनका अगुवा युवाहरुले जनकपुरमा मधेसी मोर्चाका नेताहरुकै पुत्ला जलाएका छन् ।

आइतबार संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएर मधेसविरुद्ध लागेको भन्दै युवाहरुले संघीय मधेसी मोर्चा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको पुत्ला जलाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १९:०८

Madhesi-Morcha-ko-putla-dohan-At-janakpur

वीरेन्द्र रमण

२५ असोज, जनकपुर । मधेस आन्दोलनका अगुवा युवाहरुले जनकपुरमा मधेसी मोर्चाका नेताहरुकै पुत्ला जलाएका छन् ।

आइतबार संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएर मधेसविरुद्ध लागेको भन्दै युवाहरुले संघीय मधेसी मोर्चा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको पुत्ला जलाएका हुन् ।

जनकपुरको जनक चौकमा भएको पुत्ला दहन कार्यक्रममा सहभागीहरुले मोर्चाका नेताहरुले गद्धारी गरेको आरोप लगाए ।

आन्दोलनका अगुवा ईन्द्रकुमार मधेसानन्दले मधेसको गदारी गर्नेहरुलाई मधेसी जनताले कुनैपनि हालतमा नछाड्ने बताए । मधेस आन्दोलनलाई कमजोर बनाउने खोजेका मोर्चाका नेताहरुकै पुत्ला जलाएको उनले बताए ।

भरत रायले मधेसी जनताको भावना विपरित गएर मोर्चाका नेताहरुले मधेसी शहिदको रगतलाई लत्याएको आरोप लगाए । महाशंकर ठाकुरले मधेसी मोर्चाका नेताहरुले सत्ता र भत्ताको लोभमा सरकार निर्माण गर्न खेलमा लागेको भन्दै आक्रोस पोखे ।

मधेसी मोर्चाका नेताहरुको पुत्ला दहन कार्यक्रममा सयौंको संख्यामा सर्वसधारण सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?