Comments Add Comment

अञ्जु भन्दा ठूली भइन् छोरी, फेरियो चर्चित गायिकाको स्टाइल

anju-and-her-daughter
गायिका अञ्जु पन्तको जीवनमा धेरै उतार चढाव आयो । अञ्जुले केही समय अगाडिसम्म नेपाली चलचित्र र आधुनिक गीतसंगीतमा एक छत्र राज गरेकी थिइन् ।

उनै अञ्जु पारिवारिक समस्यामा परिन् । गायक तथा संगीतकार मनोरराजसँग उनको दाम्पत्य जीवन पनि ट्टुयो । यसपछि अञ्जु धर्मका कारणले विवादमा परिन् । अञ्जुले धर्मका बिषयमा दिएका विभिन्न खालका बयानहरु मिडियामा सार्वजनिक भएपछि उनको चर्को आलोचना भयो ।

विस्तारै यो कुरा सेलाउँदै गएपछि अञ्जु फेरि पुरानै स्थान खोजिरहेकी छिन् । अञ्जु अहिले आफू एक्लै हिडि्दिनन् । अञ्जुले आफ्नी छोरीलाई पनि लिएर निस्कन थालेकी छिन् । सोमबार आयोजना भएको एक कार्यक्रममा फरक स्टाइलमा देखिएकी अञ्जुले छोरीलाई समेत परिचय गराउँदै थिइन् ।anju-panta

धेरैले आमा भन्दा छोरी ठूली भइछन् भन्दै रमाइलो गरेका थिए । गायिका अञ्जु पन्तले आफ्नो दुबै मृगौला फेल भएको भनेर आएका समाचार पनि गलत भएको बताइन् । उनले भनिन्-‘म सबैको आर्शिवादले एकदमै ठिक छु । मेरो दुबै मृगौला फेल भयो भनेर आएका खबर झुटो हुन् ।’

गायिका पन्तले कार्यक्रममा पुग्दा नक्कली कपाल लगाएकी थिइन् भने उनको स्टाइल पनि बदलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment