+

रोनाल्डो बने मड्रिडको सर्वाधिक गोलकर्ता

२०७२ कात्तिक  १ गते ८:३३ २०७२ कात्तिक १ गते ८:३३
रोनाल्डो बने मड्रिडको सर्वाधिक गोलकर्ता

Ronaldo१ कात्तिक, काठमाडौं । क्रिष्टियानो रोनाल्डो आधिकारिक रुपमै रियल मड्रिडको सर्वाधिक गोलकर्ता बनेका छन् ।

शनिबार राति स्पेनिस ला लिगामा रियल मडि्रडले लेभान्टेलाई ३-० ले पराजित गर्दा रोनाल्डोले एक गोल गरे ।

पोचुर्गलका ३० वर्षीय फर्वाड रोनाल्डोले ३१० खेलमा ३२४ गोल गरेका हुन् । रियल मड्रिडले २०१० मा पेपेमा डिफ्लेक्ट भएको गएको गोलको क्रेडिट रोनाल्डोलाई दिएर यसअघि नै सर्वाधिक गोलकर्ता घोषणा गरेको थियो ।

तर, आधिकारिक रुपमा भने रोनाल्डो लेभान्टेविरुद्धको गोलसँगै रियल मडि्रडको सर्वाधिक गोलकर्ता बनेका छन् ।

यसअघि रियलको सर्वाधिक गोलकर्ताको रेकर्ड राहुलको नाममा थियो । उसले ७४१ खेलमा ३२३ गोल गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय