+

प्रिमियर लिगमा आर्सनल, युनाइटेड र चेल्सी विजयी

२०७२ कात्तिक  १ गते ९:४७ २०७२ कात्तिक १ गते ९:४७
प्रिमियर लिगमा आर्सनल, युनाइटेड र चेल्सी विजयी

Arsenal

१ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेष्टर युनाइटेडले लिग लिडर म्यानचेष्टर सिटीमाथि दबाव कायमै राखेका छन् ।

शनिबार राति भएको खेलमा सिटीले बोर्नमाउथलाई ५-१ गोल अन्तरले पराजित गरेको थियो । लगतै भएको खेलमा आर्सनल र युनाइटेड पनि विजयी भएका छन् ।

आर्सनलले वाटफोर्डलाई ३-० ले पराजित गरेको छ । वाटफोर्डले पहिलो हाफ आर्सनललाई गोलरहित बराबरीमा रोकेको थियो ।

तर, दोस्रो हाफमा तीन गोल गरेको छ । ६२ औं मिनेटमा एलेक्स सान्चेजले खाता खोले । ६ मिनेटपछि नै ओलिभर जिरउडले गोल गरे भने ७४ औं मिनेटमा राम्सीले गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए ।

म्यानचेष्टर युनाइटेडले इभर्टनलाई ३-० ले नै हराएको छ । उसका जितमा मोर्गन स्नाइडरलिन, हरेरा र वायन रुनीले गोल गरे ।

अर्को खेलमा चेल्सीले एस्टनभिल्लालाई २-० ले पराजित गरेको छ । उसको जितमा डिएगो कोष्टाले गोल गरे । अर्को गोल भने उपहार गोल थियो ।

जितपछि आर्सनल १९ अंकका साथ दोस्रो स्थानमा छ र लिग लिडरभन्दा मात्र २ अंकले पछि छ । युनाइटेडको समान १९ अंक नै भएपनि
गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

यो सिजन निकै खराव लयमा रहेको चेल्सी भने ११ अंकसहित ११ औं स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय