२ कात्तिक, काठमाडौं । म्याच फिक्सिङमा संलग्न नेपाली फुटबलर र प्रशिक्षकलाई एसियाली फुटबल महासंघ एएफसीले पनि निलम्बन गरेको छ ।
नेपालका कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई निलम्बन गरिएको एएफसीले विज्ञप्ति मार्फत जनाएको छ ।
म्याच फिक्सिङको आरोपमा पाँच जना केही दिन अघि पक्राउ परेका थिए । उनीहरुले आरोप स्वीकार गरिसकेको छन् ।
म्याच फिक्सिङ एसियाको फुटबल विकासका लागि बाधक भएको भन्दै एएफसीले यसमा शून्य सहनशीलताको नीति अपनाइने बताएको छ ।
एएफसीले हाल पक्राउ परेका खेलाडी र प्रशिक्षकलाई २० दिनका लागि निलम्बन गरेको छ । साथै विश्वब्यापी प्रतिवन्धका लागि फिफालाई आग्रह गरिएको समेत उसले बताएको छ ।
प्रतिक्रिया 4