Comments Add Comment

वीरगञ्जमा एक युवक मृत भेटिए

१० कात्तिक, वीरगञ्ज । वीरगञ्जको ड्राइपोर्ट परवानीपुर बाइपास सडकखण्डको जगरनाथपुरमा मंगलबार विहान एक युवक मृत फेला परेका छन् । वीरगञ्ज उपमहानगरपलिका वडानम्बर २५ सबैठवा निवासी २० वर्षीय राम विनेशप्रसाद कुशवाहा मृत फेला परेका हुन् ।

Rambinesh Prasad Kushwahaना १६ प ११२८ नम्बरको मोटरसाइकल चढेर घरबाट निस्किएका कुशवाहालाई विहान ५ बजे बाइपास सडक छेउमा लडेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।

कुशवाहाको शव परिक्षणकालागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment