Comments Add Comment

काशी विश्वनाथ मन्दिरमा विदेशीले धोती सारी लगाउनु पर्ने

kashi-vishwanath-mandir

७ मंसिर, काठमाडौं । स्कुल-कलेजपछि अब मन्दिरमा पनि ड्रेसकोड लागू भएको छ । भारत बाराणसीको काशी विश्वनाथ मन्दिर प्रशासनले विदेशी श्रद्धालुहरुका लागि ड्रेसकोड लागू गरेको छ ।

मन्दिरका मुख्य कार्यपालक अधिकारी पीएन दिवेदीका अनुसार यो नियम शनिबाटबाट लागू हुनेछ ।

श्रद्धालुहरुको गुनासोपछि नयाँ नियम लागू गरिएको दिवेदीले बताएका छन् । अब विदेशी पुरुष र महिलाका लागि धोती र साडीको व्यवस्था गरिएको छ, जुन मन्दिर परिसरमा रहेको काउन्टरमा उपलब्ध हुनेछ ।

प्रशासनका अनुसार नयाँ ड्रेसकोडले मन्दिरमा आउने सबै श्रद्धालुको गोडा पुरा ढाक्नेछ र यसलाई लगाउन अफ्ठ्यारो छैन ।

यद्यपि यो नियम भारतीयहरुका लागि लागू हुनेछैन । किन भन्ने प्रश्नमा प्रशासनले भारतीयहरु पहिलादेखि नै पुरा ढाकिने कपडा लगाएर मन्दिर आउने गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment