Comments Add Comment

सुन्दरी प्रतियोगितामा पनि नाकाबन्दीको असर

sundariकाठमाडौं । भारतले लगाएको अघोषिन नाकाबन्दीको असर सौन्दर्य प्रतियोगितामा पनि परेको छ । नाकाबन्दीकै कारण एएनपी मिडिया हाउस, दक्ष इन्टरनेशनल प्रालि र स्टार वन इन्टरटेनमेन्टले एउटै मञ्चमा सुन्दरी छान्ने निर्णय गरेका छन् ।

तीनै संस्थाले छुट्टा छुट्टै टिचर आइकन अफ द इयर, मिस व्युटीफुल नेपाल र मिस ग्लोब इन्टरनेशनल नेपाल गर्दै आएका थिए । यसपटक एकसाथ कार्यक्रम आयोजना गर्ने भएका छन् ।

उनीहरुले प्रशिक्षण पनि एउटै हलमा दिंदै आएका छन् । अन्तिम प्रतिस्पर्धा पनि एउटै मञ्चमा हुने छ । मिस व्युटीफुल नेपाल बिहान हुनेछ भने टिचर आइकन अफ द इयर र मिस ग्लोब इन्टरनेशनल नेपाल दिउँसो एकसाथ हुने भएको छ ।

टिचर आइकन अफ द इयर का आयोजक संस्था एएनपी मिडिया हाउसका अध्यक्ष लब कार्कीले मितव्ययिताको उदाहरण दिन एक साथ कार्यक्रम गर्न लागिएको बताए ।

मिस ग्लोब इन्टरनेशनल नेपालका आयोजक संस्था स्टार वन इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले प्रतियोगितहरुमा मित्रताको भावना विकास गर्न यस कार्यक्रमले सघाउ पुर्‍याउने बताईन् ।

तीनै प्रतियोगिताबाट मूख्य उपाधिका साथमा फष्ट, सेकेण्ड र थर्ड रनर्सअपका साथमा विभिन्न उप-उपाधिमा विजेता चयन गरिनेछ । तीनै प्रतियोगितामा अश्वीनी झाको कोरियोग्राफी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment