Comments Add Comment

टर्कीस नागरिकले अब रुसी कम्पनीमा काम गर्न नपाउने

Vladimir-Putin

१३ मंसिर, काठमाडौं । आफ्नो विमान खसालेको जवाफमा रुसले टर्कीमाथि केही प्रतिवन्धको घोषणा गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही आदेशमा हस्ताक्षर गरेका हुन् । जस अनुसार टर्कीमाथि सबै आयातमा प्रतिवन्ध लागेको छ ।

साथै रुसमा रहेका सबै टर्कीको कम्पनीमाथि प्रतिवन्ध लागेको छ र भने रुसी कम्पनीमा टर्कीका नागरिकले काम गर्न समेत रोक लगाइएको छ ।

पुटिनका प्रवक्ता दिमित्री पेस्कोफले जारी गरेको वक्तव्यमा जनाइए अनुसार रुसमा ९० हजार टर्कीका नागरिक काम गरिरहेका छन् । यदि उनीहरुको परिवारका सदस्यहरुलाई जोड्ने हो भने यो संख्या २ लाख पुग्छ ।

दुई देशबीच चार्टर फ्लाइटमा समेत रुसले प्रतिवन्ध लगाएको छ । यसअघि शुक्रबार टर्कीसँगको भिसामुक्त व्यवस्था रद्द गरिएको थियो ।

टर्कीले रुसी लडाकू विमान खसालेपछि दुई देशको विवाद चुलिएको छ । टर्कीका राष्ट्रपति तायीप एर्दोगानले रुससाग यस विषयमा माफी माग्न अस्वीकार गर्दै आएका छन् ।

तर, शनिबार उनले यो घटनाप्रति दुःख व्यक्त गर्दै भविश्यमा यस्तो नहुने विश्वास दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment