Comments Add Comment

रामेछापमा धुर्मुस-सुन्तलीको विहे उत्सब, श्रीमतीलाई दिन्छन् कपाल रंग्याउने सल्लाह

dhurmus-and-sunti
हाँस्य जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले विवाह गरेको आज ७ वर्ष पूरा भयो । आठौं विवाह उत्सव रामेछापमा कुचो लगाएर मनाउने योजना छ उनीहरुको ।

‘यसपालीको विवाह उत्सब हामी रामेछापमा सरसफाई गरेर मनाउँदै छौं ।’ अनलाइनखबरसँग कुरा गर्दै धुर्मुसले भने । उनको समुहमा ११ जनाको टोली छ जसलेे रामेछाप, सिन्धुपाल्चोक र काभ्रेमा सरसफाई अभियान चलाउने भएको छ ।

सरसफाई अभियानलाई देशब्यापी बनाउने योजना छ उनको । उनको मान्यता छ सिंगो देश सफा भएपछि मान्छेको दिमाग सफा हुन्छ । दिमाग सफा भएको मान्छेले मुलुकको नेतृत्व गरेपछि मुलुकलाई नै राम्रो हुन्छ ।

यसअघिका कतिपय विवाह उत्सवमा कार्यक्रमको सिलसिलामा विदेशमा रहेकाले यो जोडीले त्यतै मनायो । तर, यसपालीको कार्यक्रम सबै भन्दा रमाईलो हुने उनको बुझाई छ । धुर्मुस भन्छन्-‘देस सफा गरेर उत्सब मनाउँदा मन पनि सफा हुन्छ ।’

विवाहपछि जीवनमा आमुल परिवर्तन आएको दाबी यो दम्पतिले गरेको छ । विवाह गरेपछि के-के कमजोरी गर्नु भयो भन्नेे प्रश्नको जवाफ दिदै दुबैले एकै स्वरमा भने ‘कमजोरी केही भएको छैन, राम्रै राम्रो भयो ।’
एक अर्काको काफी प्रसंसा गर्ने यो दम्पतिले राम्रा पक्षका वारेमा पालोपालो सुनाए । धुर्मुस र सुन्तलीको राम्रा पक्ष यस्ता छन्ः

सुन्तलीले देखेको धुर्मुसका राम्रा कुरा
१. कर्तब्यनिष्ठ शैली सिक्न लायक छ । ठूलालाई सम्मान र सानालाई आदर गर्ने उहाँको बानी छ । समयको असाध्यै ख्याल गर्नुहुन्छ । खुल्ला किताब जस्तै हो, कुनै पनि कुरा लुक्दैन ।

२. अभिनयमा एकदमै सिरियस हुनुहुन्छ । कलाकार भएपछि समाजप्रति जिम्मेवार हुनुपर्छ भन्ने भाव राख्नुहुन्छ ।

३. ब्यक्तिगत कुरा गर्दा मेरो कपालको रंग कस्तो बनाउने भन्नेदेखि कस्तो डे्रसअप गर्नुपर्छ भनेर समेत उहाँले नै सुझाब दिनुहुन्छ । मेरो चरित्रको विषयमा निकै ख्याल गर्नुहुन्छ ।

धुर्मुसको हेराईमा सुन्तली
१. प्रेरणादायी छिन्, भूकम्प पीडितका लागि घर बनाउन लाग्दा हामीसँग पैसा पुगेन । त्यहिवेला हामी बस्दै आएको घरै बेच्ने सल्लाह दिईन् । तर, पछि सहयोगी हात बढेपछि हाम्रो घर बेच्नु परेन ।

२. उनी आत्मबल भएकी महिला हुन्, अर्को कुरा उनी कुनै पनि मासलाई तत्कालै प्रभाव पार्न सक्छिन् ।

३. ब्यक्तिगत कुरा गर्दा उनवाट कुनै पनि कुराको असहयोग भएको पाएको छैन । मेरो खड्का जी भन्ने क्यारेक्टरको जन्मदाता उनै हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment