Comments Add Comment

सेलीब्रेटी सबैभन्दा बद्नामः अभिताभ

amitabh-bachnaमुम्बई । अभिनेता अमिताभ बच्चनलाई लाग्छ सेलीब्रेटी सबैभन्दा धेरै बद्नाम हुन्छन् । भारतमा बढ्दै गएको असहिष्णुताका विषयमा चिन्ता ब्यक्त गरेकै कारण शाहरुख खान र आमिर खानको निन्दा भएको उनको बुझाई छ ।

७३ वर्षिय यी अभिनेताले आफ्नो ब्लगमा लेखेका छन् ‘पुरै दुनियामा हामी सबै भन्दा चर्चित र धेरै फोटो खिचाउने ब्यक्तिका रुपमा चिनिन्छौं । यसकाकारण हामी सबै भन्दा धेरै बद्नाम भएका छौं ।’ उनको यो पनि भने ‘यस किसिमको आलोचना झेल्ने बानी पहिल्यैदेखि परेको छ ।’

अभिनेता बच्चन सामाजिक सञ्जालमा सक्रिय हुने कलाकार मध्येमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment