Comments Add Comment

काठमाडौंलाई मधेसको जवाफः कलैयामा अर्को मानव साङ्लो !

Student Manab Sanlo At Madhesh (2)

सुभाषप्रसाद साह

१५ मंसिर, कलैया । भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण पढ्न नपाएको भन्दै शुक्रबार काठमाडौंमा विद्यार्थीहरुले मानव साङ्लो प्रदर्शन गरेपछि मंगलबार मधेसले त्यसको जवाफ दिएको छ ।

सुरुमा हुलाकी राजमार्गबाट सुरु भएको मानव साङ्लो आजभोलि दैनिकजसो तराईका जिल्लाहरुमा विद्यार्थीले प्रदर्शन गर्न थालेका छन् । जनकपुरबाट सुरु भएको यो क्रम वीरगञ्ज हुँदै मंगलबार बाराको कलैयामा देखिएको छ ।

कलैयामा मंगलबार विद्यार्थीहरुले मधेस आन्दोलनको समर्थनमा मानव साङ्लो प्रदर्शन गरेका छन् । मधेसीको माग तत्काल सम्बोधन गर भन्दै संयुक्त मधेसी मोर्चाको आन्दोलनप्रति समर्थन जनाएर ऐक्यवद्धता जाहेर गर्छौं भन्ने ब्यानरमा विद्यार्थीहरु विद्यालय पोसाकमै सडकमा आएका हुन् ।

Student Manab Sanlo At Madhesh (4)

कलैयादेखि वीरगञ्जको सिमानासम्म ११ किलोमिटर सडकमा विद्यार्थीहरुले मानव साङ्लो प्रदर्शन गरेका छन् । मंगलबार बिहान ८ बजेदेखि शुरु भएको प्रदर्शन दुई घण्टासम्म चलेको थियो ।

प्रदर्शनमा सहभागीहरुले मधेसको माग पूरा गर, हत्याहिंसा बन्द गर, हामीलाई मानव बम बन्न उत्पे्ररित नगर, हामी हाम्रो पूर्खाजस्तो उपनिवेशिक बन्न चाहँदैनौ, भारतलाई गाली गर्दैमा कोही राष्ट्रवादी हुँदैन, मधेस आन्दोलनको अपमान नगर, नाकाबन्दी मधेसकै हो लगायतका नारा लगाएका छन् ।

संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले सरकार मधेसको शान्तिपूर्ण आन्दोलनलाई साम्प्रदायिक बनाउन लागेको तर, आफूहरुले शान्तिपूर्ण र अनुशासित आन्दोलन गरेको बताए ।

Student Manab Sanlo At Madhesh (1) Student Manab Sanlo At Madhesh (3) Student Manab Sanlo At Madhesh (5) Student Manab Sanlo At Madhesh (6) Student Manab Sanlo At Madhesh (7) Student Manab Sanlo At Madhesh (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment