Comments Add Comment

अफ्रिदीले बनाए सर्वाधिक विकेट-टेकरको रेकर्ड, वरियतामा पनि सुधार

Shahid-Afridi
१५ मंसिर, काठमाडौं । पाकिस्तानका कप्तान शाहिद अफ्रिदीले टी-२० आईमा सर्वाधिक विकेट-टेकरको रेकर्ड बनाएका छन् ।

इंग्ल्याण्डले पाकिस्तानविरुद्धको तीन टी-२० म्याचको सिरिज क्लिन स्वीप गरे पनिअफ्रिदीले व्यक्तिगत नयाँ रेकर्ड बनाएका छन् । साथै उनले टी-२० वरियतामा पनि महत्वपूर्ण सुधार गरेका छन् ।

अबुधावीमा भएको तेस्रो तथा अन्तिम टी-२० मा इंग्ल्याण्डले सुपर ओभरमा नाटकीय जित हात पारेको थियो । दोस्रो म्याचमा तीन विकेट लिएका पाकिस्तानका अफ्रिदीले सोमबार दुई विकेट लिए र ८७ खेलबाट ८८ विकेटका साथ टी-२० आईमा सर्वाधिक विकेट-टेकर बनेका छन् ।

मंगलबार सार्वजनिक टी-२० वरियतामा ३५ वर्षका अफ्रिदीले केही सुधार गरेका छन् । उनी अलराउण्डमा एक स्थानमाथि उब्लिएर दोस्रो स्थानमा आएका छन् । शीर्ष नम्बरमा बंगलादेशका सकिब अल हसन छन् ।

टी-२० बलरको बरियतामा पनि उनी ३ स्थानमाथि उक्लिएर छैटौं नम्बरमा आइपुगेका छन् । हालै मात्र नयाँ प्रतिवन्धमा परेका वेष्ट इण्डिज सुनिल नारिन शीर्ष स्थानमा कायमै छन् ।

टी-२० ब्याट्सम्यानको वरियता क्रममा भने शीर्ष दशमा कुनै परिर्वतन भएको छैन । अष्ट्रेलियाका एरोन फिन्च शीर्ष स्थानमा छन् भने भारतका विराट कोहली दोस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment