Comments Add Comment

प्रतिटिप्पणीः के नेपाल केपी ओलीको पेवा हो ?

महेश चौरसिया

तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पौष १२ गते एउटा समारोहमा ‘मधेस अलग राज्य हो, सबै मापदण्ड पुगेको छ’ भनेसँगै सञ्चारमाध्यमदेखि राष्ट्रिय राजनीतिसम्म एउटा नयाँ तरंग उत्पन्न भएको छ । ठाकुरको भनाइलाई लिएर विभिन्न स्तरबाट बहस र चर्चा हुँदैछ ।
Mahanta Thakur
ठाकुरकै काउन्टरमा ‘तराई कसैको पेवा होइन’ भन्ने टिप्पणीसमेत आएको छ । त्यसैको प्रतिउत्तरमा मैले यो आलेख लेख्न बाध्य भएँ ।

हो, ठाकुरजीले भनेका थिए, ‘मधेसको आफ्नै लामो इतिहास छ, भाषा, संस्कृति, जनसंख्या र आफ्नै भूमि छ । सबै गुण मधेसलाई प्राप्त छ । त्यसैले अलग राज्यका लागि मधेससँग सबै मापदण्ड छ ।’ यसमा आपत्तिजनक र भत्र्सनायोग्य चीज के छ ?

ठाकुरले मधेस टुक्र्याउन भनेका होइनन् । निशन्देह, एउटा छुट्टै राष्ट्र स्थापनाका लागि हुनुपर्ने सबै मापदण्ड मधेससँग छ । मधेस भाषा, भूगोल, संस्कृति र जनसंख्याका हिसाबले अलग राज्यका लागि योग्य पनि छ । यसमा कसैको आपत्ति छ भने त्यो उसको दृष्टिदोष मात्रै हो । यद्यपि, यहाँ ठाकुरजीको पक्ष लिन खोजिएको होइन । केवल प्रतिउत्तर दिन चाहेको मात्रै हो ।

केपी ओलीको चश्माले मधेसको यथार्थ चित्रण गर्न सकिँदैन । वास्तविक मधेस बुझ्न मधेसभूमिमै जानुपर्छ । र, ओली ब्राण्डको चश्मा लगाएर मधेसबारे भ्रमपूर्ण टीकाटिप्पणी गर्नु जिम्मेवार कार्य होइन ।

तराई कसैको पेवा होइन । हुन पनि सक्दैन । तर, के नेपाल कसैको  पेवा हो ? किमार्थ होइन । नेपाल कसैको ‘आज्र्या’ को मुलुक होइन । नेपाल हामी सबैको साझा मुलुक हो

केपी ओली र तिनका आफन्तहरुको रवैया मधेस हितमा छैन । न त समग्र नेपालकै हितमा छ । देशलाई थप द्वन्द्वमा जाक्नु बाहेक अहिलेसम्म ओलीको कुनै पनि उखान टुक्काले कसैको फाइदा गरेको छैन । ओलीको खोक्रो राष्ट्रवाद नाङ्गिइसकेको छ ।

राष्ट्रवादको नारा दिएर सत्तारोहण गरेदेखि सत्ता टिकाउन ओलीले आजसम्म देशका लागि सिन्को पनि नभाँचेको सबैलाई थाहा छ । मधेसका लागि ओली एउटा हठी, तानाशाह र अनुदार प्रधानमन्त्री मात्रै हुन् । देशका लागि त ओलीले निरोलाई पनि मात दिइसके ।

हिजोका उग्रराष्ट्रवादी खेमाले समेत ओलीको उछितो काढ्न सुरु गरिसकेको छ । ओलीलाई उनकै राष्ट्रवादीले सिध्याउँछन् ।

निश्चय पनि तराई कसैको पेवा होइन । हुन पनि सक्दैन । तर, के नेपाल कसैको पेवा हो ? किमार्थ होइन । नेपाल कसैको ‘आज्र्या’ को मुलुक होइन । नेपाल हामी सबैको साझा मुलुक हो । यो देशको हरेक भूभागमा सबैको समान हक र अधिकार छ । नेपालमाथि जति हक र अधिकार एउटा पहाडेको छ, त्यति नै हक मधेसीको छ । नेपाललाई जति माया एउटा पहाडेलाई छ, त्यत्ति नै माया एउटा मधेसीलाई छ ।

महेश चौरसिया
महेश चौरसिया

नेपाली हुनुमा जति गर्व एउटा पहाडेलाई छ, त्यत्ति नै गर्व मधेसीलाई पनि छ । फरक यत्ति हो, तपाइँहरु जन्मजात नेपाली । कतै प्रमाणित हुनु नपर्ने । तर, मधेसी समुदायले हरेक स्टेपमा नेपाली हुनुको प्रमाण पेश गर्नु पर्ने । हरेक ठाउँमा भारतीय भएको आरोप खेप्नु पर्ने । भैया, धोती, मधिसे भनेर अपमानित हुनु पर्ने । आफ्नै देशमा अनागरिकको आरोप खेपेर बाँच्न बिवस छ मधेसी समुदाय । र, आफ्नै देशमा भारतीयको आरोप खेपेर बाँच्न अभिसप्त छ मधेसी समुदाय ।

आखिर किन ? आफ्नै देशको नागरिकलाई अनेक किसिमको लाञ्छना लगाउने, अपमानित गर्ने दोषी तपाईहरु कि मधेसी ? केवल मधेसीकै राष्ट्रियतामाथि सधैं शंका किन ? राष्ट्रघातको आरोप मधेसीमाथि मात्रै किन ? कुन मधेसीले विदेशीसँग राष्ट्रघाती सन्धी सम्झौता गरेको छ, आजसम्म ? महाकाली कुनै मधेसीले बेचेको हो ?भारतलाई टनकपुर कुनै मधेसीले सुम्पेको हो ?राष्ट्रघाती सम्झौतामा कुनै पनि मधेसीले हस्ताक्षर गरेको प्रमाणित गर्न सक्नु हुन्छ ?

मधेसीहरु कसरी भारतीय भए ? उनीहरु कसरी राष्ट्रघाती भए प्रमाणित गर्नुस्, होइन भने, कुनै समुदाय विशेषलाई राष्ट्रघातको आरोप लगाउन बन्द गर्नुस् । अब एउटै उपचार छ- महेन्द्रब्राण्डको चश्मा फेर्नुस्, नजरिया आफै बदलिन्छ ।

विखण्डनको फोबिया

मधेसीमाथि लगाइँदै आएको एउटा ठूलो आरोप हो, विखण्डनकारीको । मधेसलाई अधिकार दिए देश टुक्रिन्छ रे ! कस्तो वाहियात । मधेसले खोजेको जस्तो संघीयता भए मधेस मुलुक विखण्डन हुन्छ रे ! तपाईहरु ढुक्क हुनुस्, मुलुकको विखण्डन हुँदैन । मधेसले छुट्टै प्रदेश चाहेको हो, न कि छुट्टै राष्ट्र ।

सीमामा हलो चलाउने एउटा गरीब मधेसीलाई सोध्नुस्, राष्ट्रप्रेम के हो ? तपाईहरु ढुक्क हुनुस्, नेपाली हुनुमा मधेसीलाई गर्व छ

कसैले मधेस टुक्र्याउने कुरा गर्छ भने, त्यो राज्यप्रतिको उसको असन्तुष्टि हुन सक्छ । मधेसीलाई अधिकार नदिनका लागि राज्यसत्ता र तिनका विरादरीले विखण्डनको सस्तो नारा दिएका हुन् ।

विखण्डनको आरोपले डामीसकेपछि तिनलाई अधिकार दिनै परेन । टन्टै साफ । विखण्डनकारी वा भारतीय भएको आरोप राज्यद्वारा सुनियोजितरुपमा मधेसीमाथि लादिएको हो । पहिचान र अधिकार दिँदैमा मुलुक टुक्रिँदैन । बरु, राष्ट्र-राज्य झन् बलियो हुन्छ ।

म दाबीका साथ भन्न सक्छु, तपाइँहरुको भन्दा राष्ट्रप्रेम मधेसीमा बेसी छ । सीमामा हलो चलाउने एउटा गरीब मधेसीलाई सोध्नुस्, राष्ट्रप्रेम के हो ? तपाईहरु ढुक्क हुनुस्, नेपाली हुनुमा मधेसीलाई गर्व छ ।

र, मधेसीले पनि अखण्ड नेपालभित्रै शान्त एवं सम्बृद्ध मधेसको अपेक्षा गरेका छन् । ०६३ सालको पहिलो मधेस जनविद्रोहले देशमा संघीयताको मुद्दा स्थापित गएको जगजाहेर छ । जसले जति ठूलो गफ लगाए पनि संघीयताको श्रेय मधेसलाई नै जान्छ । संघीयता मात्र होइन, राजनीतिदेखि राज्यका हरेक तह, निकाय र क्षेत्रमा समावेशीकरण, समानुपातिक प्रतिनिधित्व जस्ता राष्ट्रिय उपलब्धिका पछाडि पनि मधेसीकै रक्तरञ्जित योगदान छ । अनि मधेसलाई नै अपमानित गरिरहने ?

मोर्चाको माग प्रष्ट छ,

झण्डै चार महिनादेखि मधेसमा अनवरत आन्दोलनमा होमिएको मोर्चाको माग प्रष्ट छ । एक मधेसभित्र दुई प्रदेश, समानुपातिक समावेशिकरण र जनसंख्याका आधारमा प्रतिनिधित्व लगायतमा प्रमुख मागहरु मोर्चाले सुरुदेखि नै उठाउँदै आएको छ । तर, यति लामो समयदेखि जारी आन्दोलनबारे अनभिज्ञ रहनु, नबुझ्नु वा भ्रम सिर्जना गर्न खोज्नु बडो दुःखद कुरा हो ।

मोर्चाले पेस गरेको ११ बुँदे मागको १२ नं.मा ‘नेपाललाई एकल राष्ट्रिय राज्यका रुपमा नभई बहुराष्ट्रिय राज्यको रुपमा परिभाषित गर्नु पर्ने’ प्रष्ट भनिएको छ । ‘बहुराष्ट्रिय राज्य’ शब्दप्रति यतिधेरै शंका किन ?

के तपाईहरुलाई राष्ट्र र राज्यबीचको फरक पनि थाहा छैन ? मोर्चाले बहुराष्ट्रिय राज्य भनेको छ, न कि बहुराष्ट्रिय राष्ट्र । यसलाई अपव्याख्या किन गर्न खोजिएको हो ?

हो, अहिलेसम्म घोषितरुपमा मधेस टुक्र्याउनुपर्ने माग उठाउने सीके राउतले मात्रै उठाएका हुन् । यसबाहेक कुनै पनि मधेस केन्द्रित दल वा नेताले त्यस्तो आवाज उठाएको छैन । किनकि, मधेस केन्दि्रत दल र तिनका नेताहरु हमेशा अखण्ड नेपालभित्र मधेसको परिकल्पना गरेका थिए, छन् । त्योबाहेक विखण्डन भन्ने शब्द मिथ्या आरोप मात्र हो ।

ठाकुरको भनाइलाई मात्रै आधार बनाएर आन्दोलनको नियतमाथि शंका गर्नुसमग्र मधेसी अन्याय हुनेछ । किनकि, आन्दोलनरत मोर्चाले कुनै पनि विखण्डनकारी माग अघि सारेको छैन । राखेको भए प्रमाण दिनुस् । ठाकुरले भनेजस्तो अलग राष्ट्रका रुपमा स्थापित हुने ‘क्राइटएरिया’ मधेससँग पर्याप्त छ । ‘तराईमा मधेसीहरुको अलग जनसंख्या, अलग संस्कृति र अलग भूगोल रहेको’ ठाकुरजीले दावी गर्नु अन्यथा होइन । यसलाई ‘पेवा’ सँग जोडेर हेर्न खोज्नु अपव्याख्या हुनेछ ।

नेपालमा यहीँबाट मानव सभ्यताको विकास भएको पुष्टि हुन्छ । मधेसमा मिथिला र अवधजस्तो यति प्राचीन संस्कृति र सभ्यता हुँदाहुँदै जहिल्यै पनि मधेसीको अस्तित्वमाथि किन प्रश्नचिहृन खडा गरिन्छ ?

धर्मका आधारमा भारतबाट पाकिस्तान छुट्टएिको थियो । भाषाका आधारमा पाकिस्तानबाट बाङ्लादेश छुट्टयिो । मधेससँग पनि अवध र मिथिलाको प्राचीन सभ्यता छ । धर्म, भाषा, जनसंख्या, भूगोल सबथोक छ, मधेससँग । तर, पनि नेपालबाट छुट्टनिे मधेसले कल्पना समेत गरेको छैन ।

यद्यपि, जहाँ विभेद हुन्छ, त्यहाँ विद्रोह हुन्छ नै । विभेदले विद्रोह निम्त्याएझैँ, समयमै असन्तुष्टिको उचित सम्बोधन नगरिए विद्रोहले विखण्डनको बाटो तय गर्छ ।

विश्वमा यसका अनेक उदाहरण छन् । मधेसमाथि विभेद जारी रहे, छुट्टनिे मार्ग मधेसका लागि हमेशा खुला छ । ओली, राज्यसत्ता र यहाँका पहाडे समुदायको रवैया यही रहे स्वतन्त्र राष्ट्रका रुपमा स्थापना हुनबाट मधेसलाई कसैले रोक्न सक्दैन । छुट्टनि पाउने अधिकार राष्ट्र संघको बडापत्रमै उल्लेख छ । तर, मोर्चाको कुनै पनि माग र उद्देश्य राष्ट्रघाती छैन ।

मोर्चाको नियतमा कसैले शंका नगरे हुन्छ । मधेसी मोर्चा र आबद्ध दलहरु सबै स्वायत्त मधेससहित अखण्ड नेपालकै पक्षमा छन् । यद्यपि, आन्दोलनको बेला विभिन्न आरोप र लाञ्छना लगाएर आन्दोलनलाई बदनाम गर्न खोज्नु बेग्लै कुरा हो ।

ज्ञात रहोस्, विदेह, मिथिला, तिरभुक्ति वा तिरहुत जे भने पनि सो क्षेत्र नेपालको तराईसँग सम्बद्ध नै छ (नेपाल साप्ताहिक, २०५५, पृ.२४) । यसले पनि मधेसमा मानव-बसोबास निकै पहिलेदेखि रहँदै आएको प्रमाणित हुन्छ । यसरी मधेस र मधेसीको इतिहास हजार वर्षभन्दा बढी रहेको पाइन्छ ।

मधेस भूमिमा यी तीनवटा ऐतिहासिक राज्यहरु बडो महत्वपूर्ण मानिन्छन् र नेपालमा यहीँबाट मानव सभ्यताको विकास भएको पुष्टि हुन्छ । मधेसमा मिथिला र अवधजस्तो यति प्राचीन संस्कृति र सभ्यता हुँदाहुँदै जहिल्यै पनि मधेसीको अस्तित्वमाथि किन प्रश्नचिहृन खडा गरिन्छ ?

(चाैरसिया संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment