Comments Add Comment

साँढेको सिङमा आगो लगाउने डरलाग्दो पर्व

bulls-horn-on-fire

स्पेन यस्तो देश हो जसको राष्ट्रिय खेल नै साँढे जुधाउने खेल हो । यहाँ साँढे जुधाउने देखि लिएर साँढे दौडाउने, साँढेलाई ढुंगाल हानेर मार्ने लगायतका खेल पनि हुन्छन् । जनावर अधिकारवादीहरुको विरोधका बाबजुत स्पेनीहरुले साँढे खेलका विभिन्न रुपहरुलाई निरन्तरता दिँदै आएका छन् र हरेक वर्ष यस्ता परम्परागत पर्वमा कैयौँ साँढेहरुले ज्यान समेत गुमाउने गरेका छन् ।

साँढेकै दुरुपयोग गरिने अर्को खेल पनि छ स्पेनमा । जहाँ साँढेको सिङमा आगो लगाएर छाडिन्छ । यो बेला क्रुरताको हद पार गर्छन् मानिसहरुले ।

कोरेबोस नामको उक्त पर्वका बेला साँढेको सिङमा तेलमा चोपिएको कपडा बेर्ने र त्यसमा आगो लगाएर साँढेलाई छाडिदिने गरिन्छ ।

गत वर्ष क्याटेलोनियाको उत्तर पूर्वी क्षेत्रमा मनाइएको यो पर्वका दौरान साँढेमाथि गरिएको अत्याचारको एक्स्क्लुसिभ फुटेज एक जनावर अधिकारवादी संस्थाले सार्वजनिक गरेको छ । जहाँ साँढेमाथि मानिसहरुले क्रुर यातना दिएका छन् । साँढेको सिङमा आगो लगाएर उसलाई तड्पाइएको छ र छाडिएको छ । यो क्रुर तथा दर्दनाक पर्वमा बुढादेखि बच्चा सम्म सहभागी हुने गरेका छन् । हेरौँ यो भयंकर पर्वका केही दर्दनाक तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment