Comments Add Comment

प्रधानमन्त्रीको भ्रमण ‘उपलब्धिमुलक बनाउन’ भारत हिँडे अर्थमन्त्री

२४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन पहिलो साता गर्ने भनिएको भारत भ्रमणको तयारीका लागि अर्थमन्त्री विष्णु पौडेल आइतबार नयाँदिल्ली प्रस्थान गरेका छन् ।

Bishnu-Paudelभारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले प्रधानमन्त्री ओलीको भ्रमणलाई सबै हिसाबले उपलब्धिमुलक बनाउन सकियोस् भनेर दिल्ली हिँडेको बताए ।

भारतले मधेसवादी दलहरुको धर्नालाई कारण देखाउँदै साढे चार महिना लामो समय लगाएको अघोषित नाकाबन्दी अघोषितरुपमा नै खोलेलगत्तै हुन लागेको प्रधानमन्त्री ओलीले भ्रमणलाई चासोका साथ हेरिएको छ ।

अर्थमन्त्री पौडेलले दिल्लीमा रहँदा भारतीय समकक्षी अरुण जेट्ली, विदेशमन्त्री सुष्मा स्वराजलगायतसँग भेटवार्ता गर्नेछन् । भेटवार्तामा प्रधानमन्त्रीको आसन्न भ्रमणका बेला हुने आर्थिक समझदारी र भारतीय सहयोगमा सञ्चालित आयोजनाबारे पनि छलफल हुने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

अर्थमन्त्री पौडेलले भारतसँगको मित्रता गाढा बनाएर दुई देशको साझा समृद्धिको क्षेत्रको विकास गर्नु नै सरकारको लक्ष्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment