Comments Add Comment

वीरगन्ज नाकाबाट १४ सय ट्रक सामान भित्रियो

२५ माघ, काठमाडौं । नाकाको अवरोध हटेसंगै भारतबाट रक्सौल नाका हुँदै मालसामान वीरगन्ज आउने क्रम हृवात्तै बढेको छ ।

मधेसी दलले असोज ७ गतेदेखि मितेरी पुलमा धर्ना दिएर  ठप्प पारेको नाका एक सय ३५ दिनपछि शुक्रबारदेखि खुलेको हो । आजको अन्नपूर्णमा समाचार छ ।  शुक्रबार  दिउँसो भारतीय व्यापारी र स्थानीय बासिन्दाले मितेरी पुलमा आन्दोलनकारीको  अवरोध हटाएर नाका खुलाएका थिए ।

नाका खुलेलगत्तै शुक्रबार  दिउँसोदेखि नै भारतबाट इन्धन र मालसामन बोकेका गाडी वीरगन्ज भित्रिने क्रम  शुरु भएको हो ।

नाका खुलेपछिको तीन दिनको अवधिमा भारतबाट रक्सौल नाका हुँदै  इन्धन र मालसामान बोकेका १ हजार चार सय एक मालवाहक गाडी नेपाल भित्रिएको  जानकारी पर्साका प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठले दिए । श्रेष्ठका अनुसार  शुक्रबार १५४, शनिबार ६५६ र आइतबार ५९१ वटा मालवाहक गाडी वीरगन्ज  भित्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment