Comments Add Comment

१० बर्ष कान्छा प्रेमीसँग प्रिती जिन्टाको बिहे ?

priti-with-bf
जनवरी महिनाबाट ४१ बर्षमा प्रवेश गरेकी बलिउड नायिका प्रिती जिन्टाले अमेरिकामा रहेका आफ्ना प्रेमीसँग बिहे गर्न लागेको खबर सार्वजनिक भएको छ । आफू भन्दा १० बर्ष कान्छा प्रेमीसँग उनले बिहे गर्न लागेको इन्टरटेन्मेन्ट वेवसाइट स्पोटबोइ डटकमले उल्लेख गरेको छ ।

नायिका जिन्टाको फ्रेवुअरी १२ देखि १६ तारिखसम्म वेडिङ्ग सेरेमनी चल्ने मिडियाको दाबी छ । नायिका जिन्टाले आफ्ना नजिकका साथीलाई फोन गरेर बिहेका लागि निमन्त्रणा गरेकी छिन् । उनले भनेकी छिन्-‘बिहे अमेरिकामा हुँदैछ । ५ दिनसम्म कार्यक्रम चल्नेछ । यदि तपाई मेरो खुशीमा सहभागी हुनुहुनेछ भने मलाई राम्रो लाग्नेछ ।’

अमेरिकामा रहेका जीन गुडइनफ नाम गरेका यूवकसँग नायिका जिन्टा प्रेम सम्बन्धमा छिन् र उनीहरु करिब १ बर्षदेखि डेटमा थिए । जीन ३० बर्षका छन्, जो लस एन्जल्समा बस्ने गर्छन् । केही बर्ष अगाडि यी दुइको अमेरिकामा भेट भएको थियो । सन् २०१५ को आइपीएल फाइनलमा पनि प्रितीसँगै जीन सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment