Comments Add Comment

मन्दिरमा कन्डम देखाएको भन्दै सन्नी बिरुद्ध उजुरी

masti jade sunny 1
दिल्लीको आदर्श नगर थानामा बलिउड नायिका सन्नी लियोनी बिरुद्ध उजुरी परेको छ । सन्नीको साथै सेक्स कमेडी चलचित्र ‘मस्तीजादे’सँग जोडिएका अभिनेता वीर दास लगायतका कलाकार बिरुद्ध पनि धार्मिक भावना भड्काएको आरोप लागेको छ ।

उजुरीमा भनिएको छ कि यो चलचित्रले हिन्दु धर्म र उक्त धर्मसँग जोडिएका मान्छेको भावनामा चोट पुर्‍याएको छ । चलचित्रको एक दृष्यमा मन्दिरमा कन्डमको प्रमोशन गरिएको छ । ‘यो एकदमै भद्दा शैलि भयो । यस्ता दृष्यले हिन्दुहरुको भावनामा चोट पुगेको छ ।’ उजुरीमा उल्लेख छ ।

प्रहरी अधिकारीले उजुरी परेको बताउँदै अनुसन्धान जारी रहेको बताएको छ । पोर्नस्टार हुँदै बलिउडमा प्रवेश गरेकी सन्नी लियोनी बिरुद्ध वेला वेलामा उजुरी पर्ने गरेको छ । यसअघि पनि भारतीय युवा पुस्तालाई बरालेको भन्दै उजुरी परेको थियो ।

आइटम गर्ल राखी सावन्त सबै भन्दा धेरै सन्नीको आलोचना गर्ने गर्छिन् । सार्वजनिक मञ्चमै राखीले सन्नीकै कारण भारतीय युवा पुस्ता भ्रष्ट भएको दाबी गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment