Comments Add Comment

बार्सिलोना कोपा डेल रेको फाइनलमा

Barcelona

२८ माघ, काठमाडौं । बार्सिलोना, स्पेनिस नकआउट फुटवल प्रतियोगिता कोपा डेल रे को फाइनलमा पुगेको छ ।

बुधबार राति भएको सेमिफाइनल दोस्रो लेगमा भ्यालेन्सियाले बार्सिलोनागँग १-१ को बराबरी खेलेको छ । तर, पहिलो लिगमा ७-० को शानदार जित हात पारेको बार्सिलोना समग्रमा ८-१ ले विजयी भएको छ ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले दोस्रो रोजाईको टोली मैदानमा उतारेको थियो ।

खेलमा भ्यालेन्सियाले ३९ औं मिनेटमा अल्भारो नेग्रेडोको  गोलबाट अग्रता लियो । तर, ८४ औं मिनेटमा क्याप्टिमले बार्सिलोनाका लागि बराबरी गोल गरे ।

बार्सिलोनाले अब उपाधिका लागि सेल्टाभियो र सेभिल्ला मध्ये एकसँग खेल्नेछ । पहिलो लेगमा सेभिल्ला ४-० ले विजयी भएको थियो । दुईबीचको खेल बिहीबार राति हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment