Comments Add Comment

महिला हृयाण्डबलमा नेपाल भारतसँग पराजित

SAG-1२९ माघ, गुवाहाटी । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला हृयाण्डबलमा नेपाल भारतसँग पराजित भएको छ । पराजयका बाबजुद नेपालको सेमिफाइनल प्रबेशको संभावना भने कायमै छ ।

गुवाहाटीमा आज भएको खेलमा नेपाल आयोजक भारतसँग ४७/२० को अन्तरमा पराजित भएको हो ।

खेलको पहिलो हाफमा नेपाल २०/८ को अन्तरले पछि थियो । दोश्रो हाफमा पनि नेपालले सुधारिएको प्रदर्शन गर्न नसक्दा २७/१२ ले पछि परेपछि कुल ४७/२० को अन्तरले पराजित भयो ।

समूह ए मा रहेका नेपाल, भारत र श्रीलंकाको अंक समान छ । शनिबार भारत र श्रीलंकाबीचको खेलले नेपालको भाग्य निर्धारण गर्नेछ ।

यसअघि नेपालले बिहीबार श्रीलंकालाई पराजित गरेको थियो ।

शनिबारको खेलमा भारतले श्रीलंकालाई पराजित गरेमा नेपाल सेमीफाइनमा पुग्नेछ । सेमिफाइनल खेलहरु आइतबारदेखि सुरु हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment