Comments Add Comment

भ्यालेन्टाइन डे मा पुरुषले गर्छन् बढि खरीददारी, महिलाले गर्न पाउँदैनन्

valentines-day-giftप्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे आइरहेको छ । प्रणय दिवसको लागि भनेर बजारमा विभिन्न थरीका उपहार तथा फूलहरु भरिभराउ हुन थालिसकेका छन् । आम मान्यता छ की भ्यालेन्टाइन डे मनाउनका लागि केटीहरु धेरै उत्साहित हुन्छन् ।

तर हालै भएको एक सर्भेक्षण अनसार धेरै महिलाहरु भ्यालेन्टाइन डे लाई खासै महत्व दिँदैनन् । उनीहरुका अनुसार प्रणय दिवसलाई आवश्यकता भन्दा बढि महत्व दिन थालिएको छ र यो मनाउनु नै जरुरी छैन ।

सर्भेक्षण अनुसार भ्यालेन्टाइन डे मा महिलाको तुलनामा पुरुषलेे बढि खर्च गर्दछन् । उनीहरु आफ्नो पार्टनरलाई विशेष अनुभुति दिलाउनका लागि खर्चिलो प्लान गर्ने तथा महंगो उपहार खरीद गर्ने गर्छन् ।

गिफि्टज डट कमले गरेको अनलाइन सर्भेक्षण अनुसार ६८ प्रतिशत मानिसहरु आफ्नो पार्टनरसँग विशेष रुपले भ्यालेन्टाइन डे मनाउने योजना बनाइरहेका छन् । ३७ प्रतिशत मानिसहरु भने एक्लै भ्यालेन्टाइन डे मनाउने तयारीमा छन् । २२ प्रतिशतले आफ्नो साथीसँग तथा ८ प्रतिशतले आफ्नो पहिलो डेटका साथ भ्यालेन्टाइन मनाउने प्लानमा छन् ।

आधुनिक महिलाहरुका लागि भ्यालेन्टाइन डे निकै उत्साहपूर्ण बन्ने गरेको छ । तर खर्च गर्ने मामिलामा भने महिलाको तुलनामा पुरुषहरु अगाडि छन् । धेरै पुरुषहरु फूल, चकलेट तथा उपहार दिएर आफ्नो महिला पार्टनरलाई खुसी पार्ने कोसिस गर्छन् । अन्य विभिन्न सरप्राइज दिएर भ्यालेन्टाइन डे मा आफ्नो पार्टनरलाई खुसी पार्ने पुरुषको पनि कमी छैन ।

उता महिलाहरुले भने भ्यालेन्टाइन डे मा पुरुषलाई दिने उपहारमा मोबाइल फोन लगायतका ग्याजेट, पफ्र्युम तथा अन्य खाले सरसामान हुने गरेका छन् । तर भ्यालेन्टाइन डे को गिफ्ट के किन्ने भन्ने विषयमा खास योजना बनाउने कुरामा महिलाहरु पछाडि हुन्छन् । पछिल्लो समय अनलाइन तथा मोबाइल एप्सको सहयोगले भ्यालेन्टाइन गिफ्ट खरीद गर्ने चलन पनि बढ्दै गएको पाइएको छ ।

सर्भेक्षणले अर्को अनौठो तथ्य पनि प्रकाशमा ल्याएको छ । त्यस अनुसार भ्यालेन्टाइन डे को दिन पुरुषहरु आफ्नो पार्टनरबाट उपहारको आश गरेका हुन्छन् र उपहार प्राप्त नभएमा सम्बन्ध नै त्यागिदिने सम्मको सोँच बनाएका हुन्छन् ।

भारतमा गरिएको यो सर्भेक्षण अनुसार १५ प्रतिशतले भ्यालेन्टाइन डे को दिन राष्ट्रिय विदा दिइनुपर्ने माग समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment