+
+
Shares

ग्रिन टीले बचाउँछ अकाल मृत्युबाट

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २३ गते १०:४७

Green-Teaनियमित रुपमा ग्रिन टी पिउने मानिसहरुमा मुटुरोगसँग जोडिएका विभिन्न खाले स्वास्थ्य समस्याबाट अकालमै मृत्युको खतरा कम हुने एक अध्ययनले देखाएको छ । हालै भएको अध्ययनबाट यो तथ्य प्रकाशमा आएको हो । जापानी वैज्ञानिकहरुले ४० देखि ६९ वर्षसम्मका ९० हजार मानिसमा ४ वर्षसम्म गरेको अध्ययनबाट यस्त निष्कर्ष निकालेका छन् ।

दिनमा केवल एक कप भएपनि ग्रिन टी पिउने महिलामा असामयिक मृत्युको जोखिम १० प्रतिशत कम हुने अध्ययनले देखाएको छ । जबकी दिनमा ६ कप गि्रन टीले मुटु सम्बन्धी रोगबाट हुने अकाल मृत्युको जोखिमलाई १७ प्रतिशतले कम गर्छ ।

अनल्स अफ इपिडिमियोलोजी जर्नलमा छापिएको शोधका अनुसार पुरुषमा पनि ग्रिन टी ले महिलामा जस्तै सकारात्मक प्रभाव पार्ने देखिएको छ ।

ग्रिन टी मा उच्च मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ जसलाई पोलीफिनाल्स भनिन्छ । साथै ग्रिन टीमा इपिग्लोकेटेसिन गलेट अर्थात् इजीसीजी भन्ने तत्व पनि पाइन्छ । यो तत्वले रक्तचापलाई सन्तुलित गर्नका साथै सरीरमा बोसो नियन्त्रण गर्न पनि सघाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?