+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

दोस्रो चरणको हुलाकी मार्ग भारतलाई नदिने तयारी

भारतीय ठेकेदार पछि हटे, तर 'कन्सल्टेन्ट' मा बार्गेनिङ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १५ गते १४:१९

Hulaki-Rajmarga

१५ वैशाख, काठमाडौं । भारतले बनाउँछु भनेर विगत २५ वर्षदेखि आश्वासन दिँदै आएको तराई-मधेसको हुलाकी राजमार्गको दोस्रो परियोजना नेपाल सरकारले आफैं बनाउने गृहकार्य थालेको छ । भारतसँग सम्झौता भइसकेको पहिलो चरणको बाटोको ठेक्का पनि भारतीय ठेकेदारले नलिने र नेपालीले नै जिम्मा लिने भएका छन् ।

तराईका २० वटा जिल्लालाई जोड्ने गरी हुलाकी राजमार्ग बनाउने प्रतिद्धता तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले ०४७ सालमै गरेका थिए ।

यसमा भारतीय सहयोगको सैद्धान्तिक सहमति भने १४ वर्षपछि अर्थात ०६१ सालमा मात्र भयो । तर, अहिलेसम्म भारतले दिएको आश्वासन अनुसार हुलाकी मार्गको काम अगाडि बढ्न सकेको छैन ।

हुलाकी राजमार्गको कुल रेखांकन १७९२.४२ किमी छ । हालसम्म ६४.८४ किमीमात्रै कालोपत्रे भएको छ । बाँकी सडक माटो स्तरमा छ ।
यो मार्गमा १४९ वटा पुलहरु बनाउनुपर्नेमा ५८ वटा निर्माणाधीन छन् भने १८ वटा टेण्डरको प्रक्रियामा र बनाउने प्रक्रिया नै अघि नबढेका पुलको संख्या २८ छ ।

भारतसँग एमओयु भएर टेण्डर गरिएका कतिपय सडक खण्डमा ठेकेदारहरु नै भागेकाले काम हुन सकेको छैन ।

स्रोतका अनुसार भारतले विगतमा ठेकेदार पनि उसकै देशका हुनुपर्ने आग्रह गर्दै आएको थियो । अहिले भने नेपाली ठेकेदारमार्फत नै बाटो बनाउन भारतीय पक्ष सहमत भएको छ । तर, आफ्नै देशबाट कन्सल्टेन्ट राख्नुपर्ने उसले माग गरिरहेको स्रोतले अनलाइनखअबरलाई बतायो ।

हुलाकी राजमार्गको १७९२ किमीमध्ये भारतले पहिलो चरणमा बनाउने भनिएको सडकको लम्बाइ ६०७ किमी मात्रै हो । प्रथम चरणअन्तरगत करिब २४५ किमी सडक बनाइसक्न बाँकी छ । त्यस्तै करिब ३६० किमी सडक खण्ड भर्खर ठेक्का प्रक्रियामा रहेको छ । तर, अधिकांश ठेकेदारहरु कामै नगरी भागेका छन्, जसमा कतिपय भारतीय ठेकेदार पनि पर्छन् । नेपाल सरकारले उनीहरुलाई नियमन गर्न सकेको छैन ।

हुलाकी राजमार्ग बनाउने जिम्मा लिएको भारतसँग बाँकी सडकको निर्माणसम्बन्धमा गत वर्ष मात्रै एमओयु भएको छ । जसमा बाँकी सडक खण्डहरुको निर्माणका लागि १३ करोड लाग्ने भनिए पनि भारतबाट ८ अर्ब रुपैयाँको मात्रै अनुदान प्रतिवद्धता आएको छ । बाँकी ५ अर्ब रुपैयाँ नेपाल सरकारले आफैं हाल्नुपर्ने देखिएको छ ।

बाँकी सडक भारतलाई नदिने तयारी

भारतले हुलाकी राजमार्गको करिब एक तिहाइ खण्ड जिम्मा लिएर २५ वर्षसम्म आलटाल गरेकाले तराई-मधेसको विकास पछि परेको भन्दै सरकारले अब सम्झौता हुन बाँकी रहेको करिब ११ सय ५२ किमी सडक आफैं बनाउने अग्रसरता देखाएको छ । यसका लागि आगामी बजेटमा डीपीआर गर्ने रकम छुट्याइन लागेको स्रोतको भनाइ छ ।

‘२५ वर्षसम्म भारतले सडक ओगेटेर बस्यो, त्यसैले अब बाँकी सडक हामीले आफैं बनाउनुपर्छ, सरकारी स्रोतले भन्यो,’ विगतमा भारतसँग सम्झौता भइसकेको सडक चाँडो बनाउन दबाव दिने र बाँकी सडक नेपालले आफैं बनाउने तयारी भइरहेको छ ।’

यसैवीच व्यवस्थापिका संसदअन्तरगतको विकास समितिले पनि हालै हुलाकी राजमार्गको अवलोकन गरेर नेपाल सरकारलाई भारतसँग सम्झौता गरिएको बाहेकको हुलाकी मार्ग सरकारले आफें बनाउनुपर्ने निश्कर्ष निकालेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?