+
+
Shares

टिकटकर आयुषले फिल्मलाई निरन्तरता दिने, भन्छन्- ‘राम नाम सत्य’ को सिक्वेल पनि खेल्छु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिकटकमा लोकप्रियता कमाएका आयुषसिंह ठकुरी माइकल चन्द निर्देशित 'राम नाम सत्य' फिल्मबाट डेब्यु गर्दैछन्।
  • 'राम नाम सत्य' फिल्म २७ चैतदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ र यसको सिक्वेल पनि बन्नेछ।
  • आयुषले फिल्ममा आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने र निरन्तर फिल्म क्षेत्रमा काम गर्ने संकेत दिएका छन्।

काठमाडौं । टिकटकमा फलोअर्स र दर्शकको माया कमाएका टिकटकर आयुषसिंह ठकुरी अब नेपाली फिल्मको पर्दामा पनि देखिदैछन् । माइकल चन्दको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘राम नाम सत्य’बाट उनले डेब्यू गर्दैछन् ।

यो फिल्म २७ चैतदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । फिल्म प्रवर्धन गर्न आयोजित कार्यक्रममा उनी सहभागी भए, जहाँ उनले फिल्मकर्मीसँग प्रश्नोत्तर गरे ।

फिल्मलाई लिएर उनी उत्साहित सुनिए । उनले भने- कथावस्तु मन परेका कारण नै मैले काम गरेको हुँ । मलाई धेरै फिल्मको अफर नआएको होइन । तर, राम नाम सत्यको कथाले तान्यो र काम गर्न तयार भएँ ।’

आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने आयुषको तर्क छ । भन्छन्, ‘मैले बोलेका एउटा संवाद ट्रेलरमा समावेश छ । यो ट्रेलर आउँदा मेरो परिवार र आफन्तले नै मेरो बोली चिन्नु भएन । पछि मैले नै यो संवाद मेरो हो भनेर भन्दा धेरै छक्क पर्नु भएको थियो । फिल्मका लागि निकै मिहिनेत गरेको छु ।’

आफूले फिल्मको व्यापारबारे नसोचेको उनको भनाइ छ । दर्शकले सुरुमा आफ्नो काम रुचाउनु आवश्यक भएको उनी बताउँछन् । टिकटकमा लाखौ फलोअर्स कमाएका आयुषलाई ती दर्शक हलसम्म तान्ने चुनौती छ ।

यो बिषयमा आयुष भन्छन्, ‘विदेशमा बस्ने धेरै नेपालीले पनि नेपालमा रहेका आफन्त र साथीभाइका लागि टिकट खरिद गरिदिने, हल बुक गरिदिने भन्नुभएको छ । दर्शक फिल्मप्रति नै उत्साहित रहेको पाएको छु ।’

आयुषले फिल्मको सिक्वेल बन्ने जानकारी दिए । भने- ‘राम नाम सत्य’को सिक्वेल पनि बन्दैछ । सिक्वेलमा मेरो भूमिका के हुन्छ भन्ने बुझ्नका लागि पनि दर्शकले राम नाम सत्यको पहिलो भाग छुटाउन हुँदैन ।’

आयुषले यो फिल्मका लागि आफूले शतप्रतिशत मिहिनेत गरेको सुनाए । फिल्ममा कथावस्तु बलियो रहेको, सस्पेन्स-थ्रिलर कथा रोचक रहेको सुनाउँदै आयुषले हरेक कोणबाट फिल्मले दर्शकलाई मनोरञ्जन दिने तर्क गरे ।

आयुषले अब निरन्तर फिल्म क्षेत्रमा काम गर्ने संकेत गरे । उनले भने- ‘मैले अझै मिहिनेत गर्नुछ । आफूलाई तयार गर्नुछ । यसैले, हतार गरेर काम गरिहाल्छु भन्दिनँ । तर, अब निरन्तर यही क्षेत्रमा अगाडि भने बढ्छु ।’

उपेन्द्र शाही र श्वेता विमलीको निर्माणमा तयार भएको यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिब्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्कीको पनि अभिनय छ । नेपाली नयाँवर्षको छेकोमा यो फिल्म एकलरुपमा प्रदर्शनमा आउन लागेको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?