Comments Add Comment

पार्टी एकतापछि एमाओवादीमा बादललाई तेस्रो बरियता

Ram Bahadur Thapa Badal

रामबहादुर थापा (बादल)

१७ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य पार्टी एकतामा नआउने निष्कर्ष निकालेको छ । अब महासचिव रामबहादुर थापा ‘बादल’को टिमलाई एकता प्रक्रियामा ल्याउने उसले बताएको छ ।

प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकमा पार्टी एकता प्रयासबारे समिक्षा भएको थियो ।

बैठकले वैद्य एकतामा नआउने निष्कर्ष निकालेको छ । अब बादलको टीमसँग एकता अघि बढाउने एक नेताले बताए । उनले भने, ‘वैद्य एकतामा नआउने भए । अब बादलको टिम आउँछन् ।’

वैद्य माओवादीमा पार्टी एकताबारे सहमति जुट्न सकेको छैन । बादलसहितको बहुमत केन्द्रीय सदस्य एकताको पक्षमा उभिएपछि नेतृत्वले केन्द्रीय समिति बैठक नै स्थगित गरेको छ ।

अझै वैद्यलाई मनाउन सकिन्छ कि भनेर बादल समूहले प्रयास गरिरहेको छ । तर, वैद्य तयार नभए बादल समूहले बहुमतले निर्णय गरेर पार्टी एकतामा जाने सम्भावना छ ।

स्रोतका अनुसार एमाओवादी बैठकमा पार्टी एकतापछि बादलको जिम्मेवारीबारे पनि छलफल भएको छ । बादललाई पार्टीमा तेस्रो बरियता दिने समझदारी भएको छ । प्रचण्डपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहनेछन् । त्यसपछि बादल रहने बताइपनि पद भने खुलेको छैन ।

पार्टी फुटअघि बादल एमाओवादीमा महासचिव थिए । मोहन वैद्य किरणको नेतृत्वमा पार्टी फुटाएपछि पनि उनी वैद्य माओवादीमा पनि महासचिव नै रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment