Comments Add Comment

यस्तो छ अनुश्काको रेस्लर रुप

anushka

मुम्बई । सलमान खानको नयाँ फिल्म ‘सुल्तान’ मा अनुश्का शर्माले पहलमानको भुमिका निर्वाह गरेकी छिन् । भर्खरै रिलिज भएको पोष्टरमा अनुश्काले एकजना पहलमानलाई उचालीरहेको प्रष्ट देखिन्छ ।

यसमा सलमान र अनुश्का दुबै पहलमानको भुमिकामा छन् । सुल्तानमा अनुबन्ध भएपछि यहि फिल्मको लागि भनेर अनुश्काले छ महिना कडा प्रशिक्षण लिएकी थिईन् ।

अनुश्काले ट्वीटरमा फिल्मको पोष्टर शेयर गर्दै लेखेकी छिन् ‘हेर्नुहोस् सुल्तानको आरफा ।’ उनको ट्वीट हेरेर यो पनि अनुमान गर्न सकिन्छ । यसमा उनले आरफाको भुमिका निर्वाह गरेकी छिन् ।

चलचित्र ‘पिके’ मा काम गरेपछि बढी चर्चा पाएकी अनुश्का छोटो समयमै तीन खानको हिरोईन बन्न सफल भएकी छिन् ।

यस अघि ‘पिके’मा आमिर खान र ‘जब तक है जानुमा शाहरुख खानसँग काम गरेकी छिन् अनुश्काले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment