Comments Add Comment

साधुको भेषमा नायिकाको ड्रग्स कारोवार

mamata

मुम्बई । नब्बे दशककी चर्चित नायिका ममता कुलकर्णी फेरि चर्चामा आएकी छिन् । तर, यसपाली उनको चर्चा टपलेस फोटोको कारण भएको होइन । ड्रग माफियासँग जोडिएकाले उनको चर्चा मात्रै भएको छैन । मुम्बई प्रहरीको निगरानीमा परेकी छिन् ।

ठाणे प्रहरीले हालै ड्रग्स सप्लाई गर्दै आएका चन्द लोगोलाई पक्राउ गरेको छ । चन्दकै बयानको आधारमा ड्रग्स सप्लायरको सम्बन्ध अफ्रिकामा बस्दै आएका ब्यबसायी विकी गोश्वामीसँग रहेको प्रहरीले पत्ता लगाएको छ ।

निर्माता-निर्देशक राजकुमार सन्तोषीसँग झगडा परेपछि ममताले विकी गोश्वामीसँग विवाह गरेकी थिइन् ।

२० वर्षको उमेरमा ‘आशिक आवारा’ जस्तो सुपरहिट फिल्मवाट बलिउडमा डेब्यु गरेकी ममता विवादित नायिकाको रुपमा चिनिन्छिन् ।

एक मुण्डा मेरी उम्र दा, छत पे सोया था बहनोई, भोली भाली लड्की, धिरे धिरे आप मेरे उनले अभिनय गरेका अत्याधिक चर्चित गीत हुन् ।

डेब्यु फिल्मवाटै फिल्म फेयर अवार्ड समेत पाएकी थिइन् उनले । अक्षय कुमार र सुनील शेट्ठीसँग वक्त हमारा है, सलमान खान र शाहरुख खानसँग करण अर्जुन र आमिर खानसँग बाजीमा काम गरेकी थिइन् । तीनै फिल्म बक्स अफिसमा अत्याधिक चर्चा भएका फिल्म हुन् ।

तर, उनले आफ्नो अभिनय क्षमतालाई कहिल्यै क्यास गर्न सकिनन् । पटक-पटक विवादमा मात्रै आइन् । ‘स्टारडस्ट’ म्यागजिनका लागि उनले खिचाएको टपलेस फोटोले उनलाई विवादको चुलीमा पुर्‍याएको थियो ।

त्यही कारण पनि उनलाई पारिवारिक फिल्मवाट कहिल्यै प्रस्ताव आएन । चलचित्र ‘चाईनागेट’ निर्माणको क्रममा निर्माता-निर्देशक राजकुमार सन्तोषीसंग झगडा परेपछि ममताले बलिउडवाट व्रेक लिईन् र केहि समयपछि अफ्रिकामा बस्दै आएका व्यवसायी विकी गोश्वामीसंग विवाह गरिन् ।

विकी तिनै ब्यक्ति हुन् वाणे प्रहरीले वाणेमा छापा मारेपछि ड्रग्सको धन्दामा संलग्न भएको पाएको थियो । वाणे प्रहरीले अहिले विकीकै सहयोगमा भारतमा ड्रग्स भित्रिएको पत्ता लगाएको छ । अमेरिका र केन्या प्रहरीसंग समन्वय गरेर भारतीय प्रहरीले विकीको वारेमा थप अनुसन्धान गरिरहेको छ ।

विकीसंग जोडिएकै कारण ममता पनि प्रहरीको वान्टेड सूचीमा छिन् । तर, ममताले विकी र आफु कुनै ड्रग्स र्‍याकेटमा संलग्न नभएको दाबी गरेकी छिन् ।

‘मेरो श्रीमानलाई केहि दिन अघि केन्या प्रहरीले पक्राउ गरेको थियो तर ड्रग्सको कारण होईन पारिवारिक विवाद थियो ।’ ममताले भारतीय मिडियासंग कुरा गर्दै भनेकि छिन् ।

अहिले ममता कुन मुलुकमा छिन् भन्ने पुष्टि भैसकेको छैन । तर, मुम्बई प्रहरीले केन्याको राजधानी नैरोबीमा भएको अनुमान गरेको छ । ममताले साधुको भेषमा रहेको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आएकी छिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment