Comments Add Comment

प्रचण्डले पार्टीलाई एमालेको जनवर्गीय संगठन बनाएः किराती

ओलीको षडयन्त्र सामु नेतृत्वले आत्मसमर्पण गर्‍यो

Gopal-Kirati

२३ वैशाख, काठमाडौं । एमाओवादी स्थायी कमिटी सदस्य गोपाल किरातीले पार्टी नेतृत्वले एमाओवादीलाई एमालेको जनवर्गीय संगठन बनाएको र केपी ओलीसँग आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

‘पार्टी नेतृत्व प्रतिगमनको मतियार बन्यो,’ किरातीले अनलाइनखबरसँग भने- नेतृत्वले एमाओवादीलाई एमालेको जनवर्गीय संगठन बनाउने ओलीको षडयन्त्र सामु आत्मसमर्पण गर्‍यो ।’

केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ र प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै आएका किरातीले अन्ततः एमालेसँग पार्टी अध्यक्ष प्रचण्ड सकारात्मक भएपछि असन्तुष्टि जनाएका हुन् ।

विहीबार बिहान नेपाली कांग्रेस र एमाओवादीवीच सम्पन्न वार्ता असफल भएपछि किरातीले पार्टी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर आफूले पार्टीभित्र यसबारे गम्भीर असहमति राख्ने बताए । उनले भने ‘म पार्टीमा गम्भीर असहमति र विरोध दर्ज गर्छु ।’
किरातीले प्रचण्डलाई फोन गरेर भनेका थिए- ‘मलाई त मरेजस्तो लाग्यो कामरेड ।’

जवाफमा प्रचण्डले भने. ‘हामीले मर्नुहुँदैन कामरेड । र, मर्नुपर्ने त्यस्तो केही पनि भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment