Comments Add Comment

चक्काजाम नगर्न यातायात व्यवसायी र मजदुरलाई सरकारको चेतावनी

११ जेठ, काठमाडौं । सरकारले देशव्यापी चक्काजाम गरे यातायात व्यवसायी र मजदुरलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

Home_ministry_nepalगृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै १३ गते चक्का जाम गर्ने घोषणाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

टङाफिकले जरिवाना रकम बढाएको भन्दै यातायात मजदुर तथा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् र उनीहरुले १३ गते आफ्ना सवारी साधन ग्यारेजमै थन्क्याएर सडकमा उत्रिने घोषणा गरेका छन् ।

यातायात व्यवस्था ऐनमा कुनै असहमति भए कानुनले निर्धारण गरेको प्रक्रिया अवलम्वन गर्न गरी प्रकट गर्न सकिने भन्दै मन्त्रालयले विरोध कार्यक्रम गर्दा संवैधानिक र कानुनी दायराभित्र रहेर गर्न आग्रह गरेको छ ।

गृह मन्त्रालयले भनेको छ, ‘आन्दोलन र विरोधका नाममा संविधान र कानुन विपरितका क्रियाकलाप गरे प्रचलित कानुन अनुसार कारबाही हुने हुँदा यस प्रकारका गैर कानुनी गतिविधि नगर्न नगराउन सम्बद्ध सबैलाई अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment