Comments Add Comment

न्युयोर्कको किम्फ फिल्म फेष्टिबल, ४ नेपाली डकुमेन्ट्री देखाइने

न्युयोर्क । नेपालको पर्यटन प्रर्वद्धन गर्न अमेरिकाको न्युयोर्कमा नेपाली डकुमेन्ट्री महोत्सव हुने भएको छ । अगामी जुन ५ मा क्वीन्सस्थित गुलसन टेरेसमा महोत्सव आयोजना गरिनेछ ।

KIMFFन्युयोर्कबाट प्रकाशन हुदै आएको एभरेष्ट टाइम्स पत्रिकाले हिमाल एशोसियनसँग मिलेर अमेरिकामा गत वर्षदेखि काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिबल (किम्फ) आयोजना गदै आएको हो ।

महोत्सवबाट संकलन हुने रकम सहआयोजक एभरेष्ट टाइम्सले नेपालको दुर्गम गाउँको स्कुललाई सहयोग गर्दै आएको छ । ‘नेपालको डकुमेन्ट्री निर्माताहरुको कलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन किम्फ आयोजना गदै आएका हौं’, एभरेष्ट टाइम्सका प्रधानसम्पादक आङछिरिङ शेर्पाले भने-‘यस बर्ष संकलन हुने रकम सोलुखुम्बुको सेर्गा बागम प्राविलाई सहयोग गर्नेछौं ।’

गत वर्ष न्युयोर्कमा आयोजित किम्फबाट संकलित १ लाख ८६ हजार ५ सय रुपैया भुकम्पले भत्केको सोलुखुम्बुकै चागेस्थान माध्यमिक विद्यालयलाई सहयोग गरिएको थियो ।

उनका अनुसार फेष्टिबलमा नेपालमा बनेका उत्कृष्ठ ४ वटा डकुमेन्ट्री देखाइनेछ । किम्फ लामो समयदेखि काठमाडौमा हरेक डिसेम्बर महिनामा आयोजना हुदै आएको छ । त्यही फेष्टिबलबाट छानिएको उत्कृष्ट डकुमेन्ट्री अमेरिकामा देखाइने छ ।

यस पटक केसाङ छेतेनद्धारा निर्देशित कास्टवे म्यान, अरुणदेव जोशीको कामरो, आन्द्रेयु हिन्टन र जोनीबुकको टासी एण्ड द मङ्क र पासाङ दावा शेर्पा हयोल्मोको द रेटलिङ फ्यान प्रर्दशन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment