Comments Add Comment

तीन वर्षभित्र सबै जनताको अनिवार्य स्वास्थ्य बीमा गर्ने घोषणा

bishnu-poudel

१५ जेठ, काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र सबै नागरिकको स्वास्थ बीमा गर्ने घोषणा गरेको छ । त्यसका लागि सरकारले स्वास्थ्य बीमालाई अभियानकै रुपमा सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्षभित्र २५ जिल्लामा स्वास्थ बीमा लागू गर्ने र त्यसका लागि सरकारले २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसअघि सरकारले ३ वटा जिल्लामा पाइलट प्रोजेक्टका रुपमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो । सरकारले ती जिल्लासहित स्वास्थ्य बीमा लागू गर्ने जिल्लाहरुको संख्या २५ वटा पुर्‍याएको छ ।

गरिबलाई विभिन्न ८ प्रकारका रोगको उपचारका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै महिला स्वयंसेविकाको स्वास्थ्य बीमाको रकम बढाइएको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

जनताको स्वास्थ्य बीमा स्किम ल्याउँदै सरकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment