Comments Add Comment

प्रधानन्यायाधीश कार्कीद्वारा परम्परा नेपाल उत्सवको उदघाटन

Sushila-Karki1

वाशिंगटन डिसी । उत्तर अमेरिकाको सबै भन्दा पुरानो नेपाली सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीले आयोजना गरेको हेरिटेज नेपाल फेस्टिवलको सुरु भएको छ । उत्सवको प्रधानन्यायाधीश शुसीला कार्कीले उदघाटन गरिन् ।

अन्य न्यायाधीससँगै केहि दिनअघि अमेरिका पुगेकी प्रधानन्यायाधीशले नेपाली दूताबासमार्फत परम्परा नेपाल उत्सवको उदघाटन गरी नेपालका संस्कृति तथा परम्परा झल्काउने सांस्कृतिक कार्यक्रम अबलोकन गरेकी थिइन् ।

प्रधानन्यायाधीश कार्कीले समारोहलाई सम्बोधन गर्दै नेपाली परम्परा झल्काउने यस कार्यक्रममा सहभागी हुन पाउँदा गौरव लागेको धारणा राखिन् । उनले सामान्य कार्यक्रममा आफु जाने नगरेको बताउँदै ठट्टाको शैलीमा त्यस्ता कार्यक्रममा जाने काम मन्त्रीहरुको भएको बताइन् ।

Sushila-Karki

उक्त कार्यक्रम भर्जिनिया राज्यका गभर्नर टेरी मकअफ, सिनेटर मार्क वार्नर लगायतले शुभकामना सन्देश दिएका थिए । नेपाली दूताबासका पूर्व नियोग उपप्रमुख ऋषिराम घिमिरेलाई अमेरिका नेपाल सोसाइटीले मायाको चिनो प्रदान गरेको थियो ।

उत्सवका लागी क्यालिफोर्निया तथा टेक्सास बाट आएका उदयमान युवा कलाकारहरू आयुष रिमाल र निक्की कार्कीको सांस्कृतिक प्रस्तुतिले सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । त्यस्तै स्थानीय सांगीतिक समूह ˆयुजन व्यान्डको प्रस्तुती पनि उत्कृष्ट थियो । अमेरिकाले हरेक वर्षको मे महिनालाई एसियन, प्यासिफिक अमेरिकन हेरिटेज महिनाको रुपमा मनाउने गरेकोले उक्त अवसरमा यो उत्सव मनाईएको हो । कार्यक्रम भर्जिनियाको हर्नडन हाईस्कुलमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment