Comments Add Comment

बजेट कार्यान्वयन हुन्छ, शंका नगरौं: प्रधानमन्त्री

KP-Oli१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्रलाई उत्साही बनाएको दाबी गरेका छन् ।

नीति तथा कार्यक्रमअनुसार नै बजेट आएको भन्दै उनले सरकारले बजेटको प्रभावकारी कार्यान्वयन गर्नेमा शंका नगर्न आग्रह गरे ।

पर्यटन मन्त्रालयले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मलुकको विकासलाई तिब्रता दिने लक्ष्यसहित बजेट आएको बताए ।

मुलुकको आर्थिक विकासप्रति सरकार दृढ संकल्पित छ भन्ने कुरा बजेटबाट प्रष्ट भएको उनको भनाइ थियो ।

‘नीति कार्यक्रम र बजेटले नेपालको विकासलाई तिव्रताका साथ अगाडि बढाउने कुरामा नयाँ दृष्टिकोण पेश गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘म साथीहरुलाई भन्न चाहान्छु हरेक क्षेत्रलाई त्यसले उत्साहित बनाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment