Comments Add Comment

डोल्पामा पहिलोपटक कम्प्युटर इन्जिनियरिङ पढाइ

१७ जेठ, दुनै । यस शैक्षिक सत्रदेखि डोल्पामा पहिलोपटक कम्प्युटर इन्जिनियरिङ पढाइ सञ्चालन हुने भएको छ ।

Gam-Gam-ma-Computer2
फाइल तस्वीर

डोल्पाको जेठो माध्यमिक विद्यालयका रुपमा चिनिने त्रिपुरा उच्च माध्यमिक विद्यालय काईगाउँमा कक्षा ९ बाटै इन्जिनियरिङ विषयअन्तर्गत कम्प्युटर कक्षा सञ्चालन हुने विद्यालयले जनाएको छ ।

शिक्षा विभागबाट व्यावसायिक तथा प्राविधिक विषय सञ्चालन गर्नका लागि अनुमति पाएकाले कक्षा ९ देखि १२ सम्मको चार वर्षे कम्प्युटर इन्जिनियरिङ पढाइ सुरु हुने प्राचार्य जयबहादुर बस्नेतले बताए ।

सीमित कोटा भएकाले प्रारम्भिक चरणको परीक्षा प्रणालीबाट विद्यार्थी छनोट गरिने बस्नेतले बताए ।

आवेदन गर्ने मिति जेठ २९ गतेसम्म र परीक्षा सोही महिनाको ३० गते बिहान ११ बजे सञ्चालन हुने बताइएको छ ।

विद्यार्थीलाई चौबीसै घन्टा बत्ती, इन्टरनेट, छात्रावास, आर्थिक सुविधासहितको ओजिटी तथा इच्छाअनुसार प्राविधिक र साधारण एसएलसी गर्न पाउने व्यवस्था रहेको विद्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment