Comments Add Comment

सुटिङ सुरु नहुँदै ‘लुट २’को टिजर, पब्लिसिटी स्टन्ट कि फरक शैली ?

loot poster
नेपाली चलचित्र क्षेत्र सुस्ताएको समयमा एकाएक व्यापारिक रेकर्ड कायम राख्दै प्रदर्शन भएको चलचित्र ‘लुट’ अहिले पनि दर्शकको मानसपटलमा छ । दर्शकले यो चलचित्रलाई यति धेरै माया दिए कि, अब यसका निर्माता सिक्वेल बनाउन लागिपरेका छन् ।

रोचक कुरा के छ भने यो चलचित्रको छायांकन सुरु नै भएको छैन । तर, यसको निर्माणपक्षले टिजर भने सुट गरेर सार्वजनिक गर्दैछ । आज सार्वजनिक हुने टिजरका बिषयमा निर्माता माधव वाग्लेले भने-‘यो हाम्रो पब्लिसिटी स्टन्ट हो । हामीले सेड्यूल बनाएरै काम गरिरहेका छौ ।’

‘लुट’का सबै कलाकार ‘लुट २’मा देखिनेछन् । एकजना नयाँ यूवती र २ यूवक सिक्वेलमा  थपिन सक्ने माधवको भनाई छ । उनका अनुसार ‘लुट’ सकिएको दृश्यबाटै ‘लुट २’को कथा सुरु हुनेछ ।

चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गर्दैछन् । निश्चल ‘लुट’को सफलतापछि एकाएक उदाएका निर्देशक हुन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, कर्मा, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका हुनेछ ।

चलचित्रको टिजरमा पनि यी सबै कलाकार अटाएको निर्माता वाग्लेले जानकारी दिए । चलचित्रको प्रदर्शन फागून १३ गते गरिने पपकर्न कम्पनीले जानकारी दिएको छ । टिजर सार्वजनिक गरेर चलचित्रको छायांकन सुरु हुनेछ ।

चलचित्रलाई नरेन्द्र महर्जन, माधव वाग्ले, निश्चल बस्नेतको टिमले नै निर्माण गर्नेछ । नरेन्द्रसँगको टिमअपको बिषयमा माधवले भने-‘यहाँ कोही स्थायी दुश्मन र कोही स्थायी शत्रु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment