Comments Add Comment

दाह्री खौरिएको जरिवाना १ सय डलर

shavingकुख्यात आतंकवादी संगठन आइएस अहिले तिव्र आर्थिक संकटबाट गुज्रिरहेको विभिन्न अन्तराष्ट्रिय मिडियाहरुमा खबर आइरहेको छ । चरम आर्थिक संकटबाट गुज्रिरहेको आइएसले आर्थिक संकटबाट उत्रिने उपाय स्वरुप नयाँ कर तथा जरिवाना नीति थप गरेको छ ।

यस अन्तरगत आइएसले अबदेखि दाह्री काट्ने पुरुषबाट एक सय डलर तथा बढि टाइट कपडा लगाउने महिलाबाट २५ डलर कर तथा जरिवाना अशुल्ने निर्णय गरेको छ ।

आइएसले आफ्नो आधारक्षेत्रमा बस्ने मानिसहरुमा यस्तो कर तथा जरिवाना नीति लागु गरेको हो ।

आइएसएस नामक अन्तराष्ट्रिय संस्थाका शोधकर्ताहरुले गरेको अध्ययनका क्रममा यस्तो पाइएको हो । विभिन्न स्थानीय समाचार तथा सूचनाका आधारमा शोधकर्ताहरुले आइएसको नयाँ कर तथा जरिवाना नीतिबारे समग्र विश्लेषण प्रस्तुत गरेका छन् ।

शोधकर्ताका अनुसार वित्तिय स्थितिमा लगातार गिरावट आउँदै जाँदा आइएसले आफ्नो प्रभाव क्षेत्रमा लगातार कर तथा जरिवानामा वृद्धि गरिरहेको छ । र विभिन्न मामिलामा नयाँ कर समेत लगाउन थालेको छ ।

पछिल्लो ६ महिनामा तेलबाट उठ्ने रकमका साथै आफ्नो प्रभाव इलाका समेत खुम्चिएको अवस्थामा लागेको घाटा पूर्तिका लागि आइएसले कर तथा जरिवाना बढाउने उपाय अपनाएको बताइउको छ ।

इराक तथा इरान लगायतका आइएस प्रभावित क्षेत्रका जनतामा लागू भएको नयाँ नियम अनुसार पुरुषले पूरै दाह्री खौरिँदा १ सय डलर तथा आधा खौरिँदा ५० डलर बराबरको जरिवाना तिर्नुपर्छ । त्यस्तै परम्परागत पहिरन राम्रोसँग नलगाउने पुरुषले ५ डलर जरिवाना तिर्नुपर्छ ।

महिलाले आँखाबाट पर्दा हटाएर आँखा नांगो पारेमा १ ग्राम सुन वा १० डलर जरिवाना तिर्नुपर्नेछ । त्यस्तै आइएसका चेक प्वाइन्टमा ट्रकहरुले ६ सय देखि ७ सयसम्म जरिवाना तिर्नुपर्नेछ ।

रिपोर्ट अनुसार पछिल्लो ४ महिनामा मात्रै आइएसले आफ्नो नियनत्रणमा रहेको २२ प्रतिशत भुभाग गुमाइसकेको छ । आर्थिक संकटले घेरेसँगै उसले विभिन्न सजाय तोकिएका मानिसहरुबाट पैसा लिएर सजाय माफी दिन थालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment