२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा तीन जना मनोनित भएका छन् ।
सभापति शेरबहादुर देउवाले बर्दियाका किशोरसिंह राठौर, झापाका केशवकुमार बुढाथोकी र महोत्तरीका श्यामकुमार घिमिरेलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन र परिमार्जनसहित मिलाइएको रुपमा) को धारा २१ (ठ) बमोजिम सभापति देउवाले राठौर, बुढाथोकी र घिमिरेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4