+
+
Shares

कांग्रेसको नियमित महाधिवेशनमा पाँच जनाले राखे फरक मत

यसमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले महाधिवेशन वैशाख २८-३१ मा गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ।
  • महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र अन्य ३ जनाले फरक मत राखेका छन्।
  • थापाले विशेष महाधिवेशन मागपत्र बुझाएको ३ महिनाभित्र अधिवेशन बोलाउनु पर्ने बताए।

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औं महाधिवेशन तालिका बहुमतले पारित गरेको छ । पुस २६-२८ गतेसम्मको महाधिवेशन तालिका परिवर्तन गरी वैशाख २८-३१ मा गर्ने पारित भएको हो ।

यसमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका छन् ।
महामन्त्री थापाले भने, ‘आजको बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नु भयो । धारा ४३ को प्रयोग गरेर प्रस्ताव राख्नुभयो। हामी ४-५ जनाको फरक मत भयो तर, बहुमतले पारित भयो ।’

बैठकका अनुसार थापा, शर्मा, नेता अर्जुननरसिंह केसी, फर्मुल्ला मन्सु र उमा रेग्मीले फरक मत राखेका हुन् । उनीहरूले बैठकमा नियमित तालिका ल्याए पनि विशेष महाधिवेशनको मागबाट भाग्न नमिल्ने भन्दै फरक मत राखेका हुन् ।

थापाले यसबारे प्रष्ट पार्दै भने, ‘विशेष महाधिवेशन माग गरेर पत्र बुझाएको ३ महिनाभित्र अधिवेशन बोलाउनु पर्नेछ । पुसको २८-२९ तीन महिनाको अन्तिम म्याद हो ।’

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?