+
+
Shares

जेनजीको माग सम्बोधन गर्न राजनीतिक दल र सरोकार एकै ठाउँमा उभिनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनको मूल मर्म सुशासनको प्रवर्द्धन भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते २२:५९

१७ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनको मूल मर्म सुशासनको प्रवर्द्धन भएको बताएका छन् ।

बिहीबार साँझ एउटा भिडियो सार्वजनिक गर्दै थापाले जेनजी आन्दोलनको मर्मलाई संस्थागत गर्ने कुरा अब हुने निर्वाचन र त्यसपछि बन्ने सरकारले मात्र सम्भव गर्न नसक्ने बताए ।

उनले आन्दोलनले धेरै आधारभूत र जटिल विषयहरु ब्युँताएको बताएका छन् । ‘जेन जी आन्दोलनको मूल मर्म सुशासनको प्रवर्द्धन थियो।
त्यो मर्मलाई संस्थागत गर्ने कुरा अब हुने निर्वाचन वा बन्ने सरकार मात्रले सम्भव हुँदैन,’ उनले भने, ‘यस आन्दोलनले धेरै आधारभूत र जटिल विषयहरू ब्युँताएको छ । यसका लागि, निर्वाचनपछि बन्ने संसद्ले के–कस्ता प्राथमिक काम गर्नुपर्छ भन्ने विषयमा अहिले नै न्यूनतम समझदारी आवश्यक छ।’

उनले थप भनेका छन्, ‘सम्पूर्ण राजनीतिक दल, सरोकारवाला निकाय र जेन्जी साथीहरूलाई एकै ठाउँमा उभिएर यस्तो साझा समझदारीका लागि सहकार्य गर्न यसै भिडियोमार्फत अपिल गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?