+
+
Shares

थपियो कांग्रेस केन्द्रीय समितिको म्याद

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने निर्णय भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने निर्णय शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको छ।
  • प्रवक्ता डा प्रकाशशरण महतले उक्त निर्णयको जानकारी दिएका छन्।

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने निर्णय भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले  जेठ मसान्तसम्म म्याद थपको निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

यसअघि दुई महिना थपेर माघ मसान्तसम्म बढाइएको थियो । कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचन कार्यसमितिको कार्यकाल यही मंसिरमा सकिनुअघि माघसम्म म्याद थप भएको थियो । आजको बैठकमा महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका थिए ।

कांग्रेसको नियमित महाधिवेशन तालिका यही पुस २६-२८ गते हुने निर्णय मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले गरेको थियो ।

तर उक्त निर्णयसहितको तालिका सबै प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?