Comments Add Comment

काबुल आक्रमणः सँगै काम गर्ने साथी गुमाएँ, अब यो जागिर खान्नँ

Kabul-Attack-3

काबुलस्थित क्यानेडियन दूताबासको सुरक्षागार्डका रुपमा कार्यरत छन् यी भुपु नेपाली सैनिक । जो, नाम उल्लेख नगर्ने सर्तमा कुराकानी गर्न तयार भए ।

दूतावासमा काम गर्ने अन्य नेपाली सुरक्षा गार्डहरु चढेको बस आत्मघाती विष्फोटमा पर्दा उनी ड्यूटीमा थिए । आफ्ना साथीहरु विष्फोटमा आफ्ना परेको थाहा पाएर पनि उनले ड्युटी छोड्न पाएनन् ।

अनलाइनखबरसँगको टेलिफोन कुराकानीमा उनले आफू छिट्टै जागिर छोडेर नेपाल फर्किने बताए । उनको भनाइ जस्ताको तस्तै:

मेरो नाइट ड्युटी थियो । विहान साथीहरुलाई लिन सँधै झै क्वाटरतर्फ बस गयो । हाम्रा साथीहरुलाई क्वाटरबाट ल्याउँदै गर्दा बसमा विष्फोट गराइएछ । स्थानीय समय अनुसार विहान ५ः४० बजे भएको विष्फोटबारे हामीले तत्कालै थाहा पाएका थियौं ।

विष्फोटमा को-को परे भनेर अहिलेसम्म हामीलाई औपचारिक जानकारी दिइएको छैन । र, बाहिर कसैसँग मुख नखोल्नु भनिएको छ । तर, सँगै काम गरेकाहरुमा कोको परे भन्ने मोटामोटी हामीलाई थाहा छ ।

सँगै काम गरेको साथीलाई गुमाएका छौं । मनमा असैह्य पिडा बोकेर हामी ड्युटीमै रहृयौं । अहिले तपाईसँग कुरा गर्नु अघि मात्र म कोठामा आइपुगेँ । एकातिर साथी गुमाउनुको पीडा छ भने अर्कोतिर आफ्नो सुरक्षा र घरपरिवारको चिन्ताले निकै सताइरहेको छ ।

म भूपूसैनिक हुँ । ३५ महिना इराकमा काम गरेर यहाँ आएको थिएँ । तर, यो घटनाले एकदमै हतोत्साहित भएको छु ।

Kabul Attack

अब यहाँ बस्ने पटकै मन छैन । मैले त आजैबाट ड्युटी जान्नँ भनेको छु । भोली के हुने हो थाहा छैन । यस्तो अवस्थामा कसरी फेरि काममा जाने ? हेलिकोप्टरबाट ओसारे पनि जान्न भनेको छु । म मात्र होइन, अरु १०/१२ जना साथीले पनि नजाने भनेका छन् ।

मैले त अब नेपाल र्फकने निर्णय लिइसकेँ । अब यो जागिर चाहिएन । कम्पनीले टिकट दियो भने भोलि नै घर र्फकन चाहन्छु । तर, कम्पनीले पहिलो प्राथमिकता घाइतेहरु भनेको छ र जागिर छोड्न २८ दिनको नियम लाग्ने भनेको छ ।

उसको मात्र नियमको कुरा गरेर हुन्छ ? हाम्रो सुरक्षा खोई ? राम्रा कम्पनीहरुले स्कटिङदेखि बुलेट प्रुफ गाडीको व्यवस्था गरेका हुन्छन् । हामीले काम गर्ने कम्पनीले सुरक्षाको गतिलो प्रवन्ध गरेन ।

दूताबासको सुरक्षामा खटिँदा हामीुसँग हतियार हुन्छ । तर, अर्को साथी ड्युटीमा आएपछि उसलाई हतियार दिन्छौं र साधारण मानिस जस्तै बसमा हिड्छौं । हामीलाई दूतावाससम्म पुर्‍याउने गाडीमा पनि कुनै स्कर्टिङ वा सुरक्षा हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment