Comments Add Comment

टि्वटरमा अब १४० सेकेण्डको भिडियो अपलोड गर्न सकिने

twitterटि्वटरले आफ्नो टि्वटको लिमिटलाई १४० क्यारेक्टरबाट बढाउने नबढाउने विषयमा विभिन्न खाले अड्कलबाजी चलिरहेका बेला उसले प्रयोगकर्तालाई पहिले भन्दा लामो भिडियो अपलोड गर्ने सुविधा प्रदान गरेको छ ।

अबदेखि टि्वटरमा १ सय ४० सेकेण्डको भिडियो अपलोड गर्न सकिने भएको छ ।  आम प्रयोगकर्ताले १४० सेकेण्डको भिडियो अपलोड गर्न पाउनेमा कतिपयले भने १० मिनेटसम्मको भिडियो अपलोड गर्न सक्नेछन् ।

टि्वटरमा अहिलेसम्म ३० सेकेण्ड सम्मको भिडियो अपलोड गर्न सकिन्थ्यो । भिडियो अवधि बढाएर टि्वटरले १४० सेकेण्डसम्म पूराएको छ र यो नियम टि्वटरको भिडियो स्ट्रिमिंग सर्भिस भाइनमा पनि लागू हुनेछ । यसअघि भाइनमा ६ सेकेण्ड सम्मको मात्र भिडियो हाल्न सकिन्थ्यो ।

एक ब्लग पोष्टमा टि्वटरका इन्जिनियरिंग विभागका उपाध्यक्ष जेरेमीले भनेका छन्ः  टि्वटरमा भइरहेको रियल टाइम सम्वादमा भिडियोले मूख्य भूमिका निभाइरहेको छ । टि्वटरले टि्वटर इन्जेग नामक नयाँ एप पनि लञ्च गरेको छ । जसबाट प्रकाशकहरुले आफ्ना फलोअर्ससँगको संवादको विश्लेषण गर्न सक्दछन् ।

केही दिनअघि मात्र टि्वटरले मेसिन लर्निंग प्रविधिमा काम गर्ने स्टार्टअप कम्पनी म्याजिक पोनी टेक्नोलोजी खरीद गरेको थियो । यो कम्पनी तस्वीर तथा भिडियो सामाग्रीमा केन्द्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment