Comments Add Comment

कमल थापा र केजरीवालले मागे जनमत संग्रह !

भारत हुँदै नेपालसम्म आइपुग्यो बेलायतको बाछिटा

kamal thapa

१० असार, काठमाडौं । बेलायतले जनमत संग्रहबाट युरोपियन युनियन -ईयू)बाट बाहिरिने निर्णय लियो । तर, यसको तरंग विश्वभर फैलिएको छ, जुन नेपालसम्म आइपुगेको छ ।

ऐतिहासिक जनमत संग्रहमा ५२ प्रतिशत बेलायती जनताले ईयूबाट बाहिरिने पक्षमा मतदान गरे । जुन जनमत वर्तमान प्रधानमन्त्री डेभिड क्यानरनसहित धेरै बेलायती नागरिकहरुका लागि अप्रत्यासित लागेको छ ।

यसले विश्व अर्थ-राजनीतिमा ठूलै हलचल ल्याएको छ । विभिन्न देशको शेयर बजारमा उथल-पुथल भएको छ । साथै जनमत संग्रहको माग बढेको छ । केही समयअघि मात्र जनमत संग्रह भएको स्कटल्याण्डमा दोस्रो जनमत संग्रहको माग भएको छ । स्कटल्याण्डका फस्ट मिनिस्टर निकोला स्टर्जनले अब स्कटल्याण्डमा स्वतन्त्र हुने कि बेलायतमै रहने भनेर जनमत संग्रह गर्न माग गरिन् ।

ईयूमा रहने कि नरहने भन्नेबारे भएको जनमत संग्रहमा स्कटल्याण्डमा ६२ प्रतिशत अलग हुने पक्षमा मत परेको थियो ।

जर्मनी र फ्रान्समा पनि अब ईयूमा बस्ने-नबस्नेबारे जनमत संग्रह गर्नुपर्ने आवाज उठेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा पनि जनमत संग्रहको माग गरेका छन् । उनले भनेका छन्, बि्रटेनमा जनमत संग्रहपछि अब दिल्लीलाई पूर्ण राज्यको दर्जा दिलाउनका लागि छिट्टै जनमत संग्रह हुनेछ ।’

बेलायतमा भएको जनमत संग्रहको बाछिटा नेपालसम्म पनि आइपुगेको छ । नेपाल सरकारका उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने माग गरेका छन् ।

राप्रपा नेपालले जनमत संग्रहको माग गरेको यो पहिलोपटक होइन । यद्यपि केपी ओली नेतृत्वको सरकारमा गएपछि थापाले यसलाई त्यति धेरै उठाएका थिएनन् ।
बेलायतमा भएको जनमत संग्रहको परिणाम आएकै दिन पोखरामा शुक्रबार आयोजित कार्यक्रममा थापाले हिन्दु राष्ट्र कि धर्म निरपेक्ष भन्नेमा जनमत संग्रह हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment