Comments Add Comment

उपहार गोलको मदतमा वेल्स क्वार्टरफाइनलमा

wales

काठमाडौं । उत्तरी आयरल्याण्डका ग्यारेथ म्याकोलीले आत्मघाती गोल गरेपछि वेल्स युरोकप २०१६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको नकआउट चरणको खेलमा वेल्सले उत्तरी आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

उत्तरी आयरल्याण्डको बलियो रक्षापंक्तिले वेल्सलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेको थियो । वेल्सको मात्र २ वटा शट्स अन टार्गेट थियो ।

तर, दोस्रो हाफको अन्त्यतिर उत्तरी आयरल्याण्ड संकटमा पर्‍यो, जब भेट्रान सेन्टरब्याक म्याकोलीले आत्मघाती गोल गर्न पुगे । वेल्सका स्टार खेलाडी ग्यारेथ बेलको प्रहार रोक्ने क्रममा उनले आफ्नै पोष्टमा गोल गरे ।

त्यही गोल वेल्सको जितका लागि पर्याप्त रहृयो । १९५८ को विश्वकपपछि पहिलो पटक ठूलो प्रतियोगिता खेलिरहेको वेल्सले अब बेल्जियम र हंगेरीको विजेतासँग अन्तिम ८ मा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment