Comments Add Comment

बलात्कारमा परेका किशोरको कथा भन्छ ‘छाँया’ले

chhaya

काठमाडौं । प्रेम कथामा आधारित ‘लक्ष्य’ बनाएका मनोज पण्डितले एमाले नेता मदन भण्डारीसंग जोडिएको विषयमा’दासढुंगा’ बनाए । बक्स अफिसमा फिल्मको ब्यापार उम्दा रहेन, तर, समिक्षकले राम्रै जस दिए ।

अर्को विषय रोजे माओवादी युद्धको प्रसंग । माओवादीले युद्ध सुरु गरेको बेला सैनिकले सर्वसाधारण एवं माओादी लडाकुलाई  दिएको यातनाका विषयमा बनाएको फिल्म ‘बधशाला’ले पनि राम्रै चर्चा पायो ।

फरक-फरक विषयमा फिल्म बनाउादै आएका निर्देशक पण्डित यसपाली भने छोराहरुमाथि हुने यौन दुब्र्यहारको कथामा केन्दि्रत भएका छन् । उनको बनाएको पछिल्लो फिल्म ‘छाँया’ मा किशोरहरुमाथि हुने यौन दुब्र्यबहारलाई मुख्य विषय बनाइएको छ ।

‘किशोरीमाथि हुने यौन दुब्र्यबहारका घटना सार्वजनिक भएपनि किशोरहरुमाथि हुने कतिपय घटना सार्वजनिक हुँदैनन्’ निर्देशक मनोजले भने ‘त्यही कारण मैले यो विषय रोजेँ’

वालमनो विज्ञानमा आधारित छाँयाले दुब्र्यबहारमा परेका किशोरहरुको कथा भन्ने मनोजको भनाई छ । उनी भन्छन् ‘हरेक कामकाजी परिवारले यो फिल्म हेर्न जरुरी छ । आफ्नो सन्तानको ख्याल कसरि गर्ने भन्ने पनि सिकाएको छ फिल्मले’

चलचित्र विकास बोर्डले विषेश चलचित्र घोषणा गरेको छाँयाले काठमाडौमा भएको मानव अधिकार चलचित्र महोत्सबमा उत्कृष्ठ चलचित्र र निर्देशकको अवार्ड पाएको थियो ।

अनुप बराल, अरुणा कार्की,साईब्रत आचार्य लगायतका कलाकारले यसमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment